सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

काठमाडौं—चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण काठमाडौंमा उनीहरुको उपस्थिति नदेखिएको हो।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नेताहरु म्याग्दी प्रवासी नेपाली संघ (मोना) को कार्यक्रममा सहभागी हुन चारवटा हेलिकोप्टरमा आइतबार म्याग्दीको दरबाङ पुगेका हुन्। दरबाङ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र हो।

‘मोनासँग आवद्धहरुको मत अाकर्षित गर्न एनअारएन नेताहरु म्याग्दी पुगेका हुन्’, एक एनअारएन नेताले नागरिकन्युजसँग भने, ‘एउटा पक्ष जाने भएपछि पछि परिएला भनेर अर्को पक्ष पनि हेलिकोप्टर लिएर हिँडेको हो।’

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले, उनकी श्रीमती जमुना गुरुङसहित समूह एउटा हेलिकोप्टरमा पुगेको थियो। संस्थापक अध्यक्ष उपेन्द्र महतो नेपाली सेनाको हेलिकप्टर लिएर कार्यक्रम स्थलमा पुगेका थिए। महतो चढेको सेनाको हेलिकप्टरमा एनआरएन युरोप संयोजक कुल आचार्य सवार थिए। वर्तमान अध्यक्ष घले र संस्थापक अध्यक्ष महतो संघभित्रका दुई विपरित शक्ति केन्द्र मानिन्छन्।

एनआरएएका वर्तमान उपाध्यक्ष भवन भट्ट छुट्टै हेलिकप्टरबाट कार्यक्रमस्थल पुगेका थिए। कार्यक्रममा एनआरएन सचिव अर्जुन श्रेष्ठ, प्रवक्ता रञ्जु थापा क्षत्री, अमेरिकाको क्षेत्रिय संयोजक सोनाम लामा, युरोप क्षेत्रिय सहसंयोजक प्रेम गुरुङ, युकेका पूर्व अध्यक्ष मुक्षत्र गुरुङ पनि हेलिकोप्टरमा कार्यक्रमस्थल पुगेका थिए। एनअारएन नेताहरुको म्याग्दी भ्रमणलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा आठौं अन्तरार्ष्ट्रिय सम्मेलन हुँदैछ। सो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। हेलिकोप्टरमा दरबाङ पुगेका भवन भट्ट अागामी साता हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी छन्। कुल अाचार्य र सोनाम लामाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अर्जुनकुमार श्रेष्ठ महासचिवका प्रत्यासी हुन् भने प्रेम गुरुङ युरोप संयोजक र मुक्षत्र गुरुङ कोषाध्यक्षका प्रत्यासी हुन्।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्‌घाटनका लागि उनीहरु म्याग्दी पुगेका हुन्। म्याग्दीबाट विदेश पुगेकाहरुको संस्था  मोना अमेरिका, युरोप, एशियाका देशहरुमा शाखा भएको प्रवासी संस्था हो। ‘मोनासँग आवद्धहरुको मत अाकर्षित गर्न एनअारएन नेताहरु म्याग्दी पुगेका हुन्’, एक एनअारएन नेताले नागरिकन्युजसँग भने, ‘एउटा पक्ष जाने भएपछि पछि परिएला भनेर अर्को पक्ष पनि हेलिकोप्टर लिएर हिँडेको हो।’

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले मोनाको दोस्रो महाधिवेशन उद्‌घाटन गरेका छन्।

साभार : नागरिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com