अमेरिकामा टेस्लालाई २४३ मिलियन डलर जरिवाना, कारण यस्तो रहेछ


प्रकाशित मिति : श्रावण १७, २०८२ शनिबार

अमेरिकामा २०१९ मा भएको दुर्घटनामा टेस्ला आंशिक रूपले दोषी ठहर भएको छ । उक्त दुर्घटनामा ‘सेल्फ ड्राइभिङ’ सफ्टवेयर चलाइएको टेस्ला मोडल एस गाडीले एक पैदल यात्रुलाई किचेर मारेको थियो ।

सो घटनामा अर्का एकजना गम्भीर घाइते भएका थिए । फ्लोरिडाको एक जूरीले यो घटनामा टेस्लालाई आंशिक रूपले दोषी ठहर गरेको हो ।

पीडित पक्षले ‘अटोपायलट’ नामक सहयोगी सफ्टवेयरले चालकलाई दुर्घटनाको चेतावनी दिनुपर्ने र ब्रेक लगाउनु पर्ने दाबी गरेका थिए ।

तर टेस्लाले चालक जर्ज म्यागीलाई दोषी बताउँदै निर्णयलाई “गलत” भनेको छ र उनले दिएको बयानमा अपील गर्ने जनाएको छ । निर्णय अनुसार टेस्लाले अधिकतम २४३ मिलियन डलर जरिवाना र क्षतिपूर्ति तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो फैसला टेस्ला र सीईओ एलन मस्कका लागि ठूलो झट्का मानिएको छ । जसले आत्मनिर्भर प्रविधिलाई कम्पनीको भविष्यका रूपमा प्रचार गरेका छन् । यो समाचार सार्वजनिक भएपछि टेस्लाको सेयर मूल्य झण्डै २ प्रतिशत ले घटेको छ ।

पीडित पक्षका वकिलहरूका अनुसार मस्कले अटोपायलट ड्राइभर सहायता सफ्टवेयरको क्षमता झुटो तरिकाले प्रचार गरेका थिए ।

वकिल ब्रेट श्राइबरले भने, “टेस्लाले अटोपायलटलाई सीमित राजमार्गका लागि डिजाइन गरेको थियो । तर त्यसलाई अन्य स्थानहरूमा पनि प्रयोग गर्न दिइयो । साथै एलन मस्कले अटोपायलट मान्छेभन्दा राम्रो चलाउने बताए”।

यो मुद्दा नाइबेल बेनाभिडेस लियोन नामकी २२ वर्षीया महिलाको परिवारले दायर गरेका थिए । जसलाई फ्लोरिडा कीजको एउटा टी इन्टरसेक्सनमा टेस्ला गाडीले किचेको थियो । उनको प्रेमी डिलन अंगुलो गम्भीर घाइते भएका थिए । उनी पनि मुद्दामा सहभागी थिए ।

तीन सातासम्म चलेको सुनुवाइपछि जूरीले कुल ३२९ मिलियन डलर जरिवाना तोकेको छ । जसमा १२९ मिलियन डलर क्षतिपूर्ति र २०० मिलियन डलर दण्डात्मक जरिवाना सामेल छन् ।

यो मुद्दा अटोपायलटसँग सम्बन्धित संघीय स्तरको पहिलो जूरी मुद्दा थियो । यसअघि २०१८ मा एप्पलका इन्जिनियरको ज्यान गएको दुर्घटनासम्बन्धी मुद्दा टेस्लाले मिलेमतोमा टुंग्याएको थियो ।

पछिल्लो वर्ष, क्यालिफोर्नियाको एउटा राज्य जूरीले भने टेस्ला निर्दोष रहेको ठहर गरेको थियो ।

टेस्लाले अटोपायलट र आत्मनिर्भर प्रविधिमा लामो समयदेखि आलोचना खेप्दै आएको छ । टेस्ला राजनीतिक गतिविधिका कारण कमजोर बिक्रीबाट जुधिरहेको बेला जूरीको यो फैसला आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com