भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : राष्ट्रसङ्घ प्रमुख गुटेर्रेस


प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रुपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजामा सहायता सामग्रीको आपूर्ति रोकिँदा भएको खाद्यान्न अभावले भोकमरीको खतरा निम्तिने चेतावनी दिँदै आएका छन् र युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वको सरकारले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेको आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा सहायता निकायहरू गाजाको सीमा पार गर्ने बिन्दुहरूमा वितरण गरिएको सहायता लिन र वितरण गर्न असफल भएको आरोप लगाएको छ।

राष्ट्रसङ्घका महासचिब गुटेर्रेसले इथियोपियामा आयोजित संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा भिडियो सम्मेलनमार्फत भने, “जलवायु परिवर्तनले बालीनालीको उत्पादनमा कमी आएको र द्वन्द्वग्रस्त मुलुकमा आपूर्ति श्रृङ्खला पनि रोकिँदा र मानवीय सहायतामा बाधा भएको छ । द्वन्द्वले गाजादेखि सुडान र त्यसभन्दा बाहिर भोकमरी फैलाइरहेको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“भोकमरीले अस्थिरतालाई बढावा दिन्छ र शान्तिलाई कमजोर बनाउँछ । हामीले भोकलाई युद्धको हतियारको रूपमा कहिल्यै स्वीकार गर्नु हुँदैन,” उनले भने ।

गाजा पट्टीमा, युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र २१ महिनाको युद्धले सिर्जना गरेको भयानक मानवीय अवस्थाले जकडिएको छ र इजरायलले मार्चदेखि मेसम्म सहायतामा पूर्णरूपमा नाकाबन्दी लगाएपछि स्थिति अझ खराब बनेको छ।

नाकाबन्दी खुकुलो बनाएयता गाजामा पुग्ने सहायताको स्तर सहायता समूहको आवश्यकताभन्दा निकै कम भएको छ ।

आइतबार इजरायलले संयुक्त राष्ट्रसङ्घ र सहायता एजेन्सीहरूलाई भोकमरीको गम्भीर सङ्कटसँग जुध्नका लागि ‘रणनीतिक विराम’ सुरु गरेसँगै विश्व स्वास्थ्य सङ्गठनले कुपोषण ‘खतरनाक स्तरमा’ पुगेको चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय (आईओएम)का क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले गत साता पत्रकारहरूलाई भनेका थिए, “सुडान विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो र सबैभन्दा कम स्मरण गरिएको मानवीय विपत्ति हो।”

सन् २०२३ को अप्रिलदेखि सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र प्रतिद्वन्द्वी अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’का कमाण्डर मोहम्मद हमदान डग्लोबीचको शक्ति सङ्घर्षका कारण सुडान टुक्रिएको छ ।

यस युद्धमा दशौँ हजारको मृत्यु भएको छ भने ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com