अमेरिकामा ट्राफिक जाम हुने सहरमा लस एन्जलसलाई वासिङ्टन डीसीले उछिन्यो
प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार
वासिङ्टन डीसी अमेरिकाको सबैभन्दा बढी ट्राफिक जाम हुने सहर बन्न पुगेको छ ।
उपभोक्ता समुहद्वारा सार्वजनिक गरिएको वार्षिक रिपोर्ट अनुसार वासिङ्टन डीसी अमेरिकाको सबैभन्दा नराम्रो ट्राफिक अर्थात ट्राफिक जाम भएको सहर बन्न पुगेको हो ।
रिपोर्टका अनुसार वासिङ्टन डीसीका चालकहरूले दैनिक औसत ३३.४ मिनेट ट्राफिकमा बिताउँछन् । जुन अमेरिका भरका ५० ठूला महानगरहरूको तुलनामा सबैभन्दा बढी हो ।
यस वर्ष वासिङ्टन डीसीले लामो समयदेखि शीर्ष स्थानमा रहेको लस एन्जलसलाई उछिनेको हो । रिपोर्टअनुसार वासिङ्टनमा हप्ताको कामकाजी दिनहरूमा बिहान र बेलुकाको ट्राफिक भीडजाम को औसत अवधि ६ घण्टा ३५ मिनेट रहेको छ ।
यो लस एन्जलसपछि दोस्रो स्थानमा पर्छ । यसले गर्दा एक वर्षमा चालकहरूले करिब ७१ दिन ट्राफिकमै बिताउने अवस्था सिर्जना हुन्छ। सबैभन्दा खराब ट्राफिक भएका अमेरिकी सहरहरूमा वासिङ्टन डीसी,लस एन्जलस,मियामी,सन फ्रान्सिस्को र एटलान्टा रहेका छन ।
ट्राफिक हिसाबले सबभन्दा सहज रहेका सहरहरुमा बोस्टन,डेनभर,पोर्टल्यान्ड अर्थात अरेगन,शिकागो र अष्टिन रहेका छन ।
उपभोक्ता समुह अमेरिकी उत्पादन तथा सेवाहरूको समीक्षा गर्ने निजी संस्था हो । यसले अमेरिकाका सबैभन्दा भीडभाड भएका सहरहरूमा प्रायः आर्थिक गतिविधि अत्यन्त उच्च छ पनि भनेको छ ।
लस एन्जलस अझै पनि दैनिक ट्राफिक अवधि अनुसार पहिलो स्थानमा छ । करिब ८ घण्टाको ट्राफिक जाम दैनिक त्यहाँको औसत यात्रा समय भने ३० मिनेट मात्र छ ।
वासिङ्टनको ट्राफिक वृद्धि पछाडिको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पनि मानिन्छ । उनले कोरोनापछिको घरबाट काम गर्ने नीतिलाई हटाएर संघीय कर्मचारीहरूलाई कार्यालय फर्कन निर्देशन दिएका थिए ।
यो आदेशले सडकमा गाडीको चाप बढाएको छ । यद्यपि महामारीभन्दा अहिले बस तथा रेल प्रयोग केही बढेको भए पनि सार्वजनिक यातायातको प्रयोग अझै सन् २०१९ को स्तरभन्दा तलै छ ।






