टेक्सासको बाढीमा ३ जना अझै बेपत्ता, १३५ जनाको मृत्यु पुष्टि


प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार

अमेरिकाको टेक्सासको केर काउन्टीमा आएको विनाशकारी बाढीपछि अहिलेसम्म ३ जना हराइरहेका छ । पहिले यो संख्या ९७ जना रहेको अधिकारीहरुले बताएका थिए । अहिले भने हराइरहेकाहरुको संख्या जम्मा ३ जना रहेको अधिकारीहरुले पुष्टि गरेका छन ।

केरभिल सहरले जारी गरेको विज्ञप्तिमा ४ जुलाईमा टेक्सासको मध्य भाग विशेषगरी ग्वाडालूपे नदी आसपास आएको बाढीमा कम्तीमा १३५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

हराइरहेका व्यक्तिको खोजी ग्वाडालूपे नदीको जलाधार क्षेत्रमा अझै जारी रहनेछ।

४ जुलाईको राति आएको मूसलधारे वर्षाले ग्वाडालूपे नदीको सतह ४५ मिनेटमै ३ फिटबाट ३० फिटसम्म उचालिएको थियो । यसले घर, गाडी, बाटो र रुखहरू बगाएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केर काउन्टीमा मात्रै १०७ जनाको ज्यान गएको पुष्टि गरिएको छ । जसमा ३७ जना बालबालिका थिए। सुरुमा त्यहाँबाट १६१ जना हराइरहेका बताइएको थियो।

टेक्सास हिल काउन्टी क्षेत्रका बासिन्दाहरूको अनुसार धेरैलाई मौसमसम्बन्धी चेतावनी ढिलो आएको थियो । केही सुतेका थिए भने केहीले वर्षा र गडगडाहटलाई सामान्य जस्तो लिए ।

क्याम्प माइस्टिक नामक ख्रीष्टियन बालिका शिविरमा मात्र २७ जना बालिकाहरू र परामर्शदाताहरूको मृत्यु भएको छ । शिविर ग्वाडालूपे नदीको बाढी क्षेत्रमै पर्छ । जहाँ पानी दुई घण्टाभित्र २० फिटभन्दा बढीले बढेको थियो।

बाढीको समयमा गरिएको प्रतिक्रिया र त्यसपछिका उद्धार कार्यप्रति अहिले स्थानीय सरकारको आलोचना भइरहेको छ। केर काउन्टीका शेरिफ लेरी लिथाले सोमबार कमिशन बैठकमा भनेका थिए ।

उद्धारका लागि ६० माइल लामो नदी, धमिलो पानी, बाक्लो हिलो र भारी मलवाहरूबीच २ हजार २ सय कर्मचारी परिचालित भएका थिए ।

अमेरिकाभरका साथै मेक्सिकोकासमेत खोजी टोलीहरू, हेलिकप्टर, ड्रोन, डुंगा, कुकुर र खच्चरको प्रयोग गरी खोजीमा संलग्न भएका छन्।

त्यहाँका गभर्नर एबटले जुलाई २१ मा हुने टेक्सासको विशेष विधेयकीय सत्रमा बाढी चेतावनी प्रणाली, आपतकालीन सञ्चार तथा पीडितका लागि राहत कोषसम्बन्धी विधेयकहरू ल्याउने घोषणा गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com