रुसद्वारा युक्रेनमा रातभर भीषण आक्रमण, ३०० भन्दा बढी ड्रोन र ३० मिसाइल प्रहार


प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार

फाइल तस्बिर

रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनमाथि ३०० भन्दा बढी ड्रोन र ३० भन्दा बढी मिसाइलले भीषण आक्रमण गरेको छ। यो जानकारी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएका हुन् ।

रुसी आक्रमणबाट डोनेट्स्क, किरोभोहराद, ड्निप्रो, सुमी, खेरसोन, भोलिन, जापोरिझ्झिया, मिकोलेइभ, ओडेसा र झिटोमिरजस्ता धेरैजसो क्षेत्रहरूमा आक्रमणको असर परेको बताइएको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार, ओडेसा र वरपरको क्षेत्रमा एक आवासीय भवनमा क्षति पुगेको छ, जसका कारण एक जनाको मृत्यु र एक बालकसहित छ जना घाइते भएका छन्। साथै, सुमी क्षेत्रमा रहेको महत्वपूर्ण पूर्वाधार ध्वस्त हुँदा हजारौं परिवारहरू विद्युत् आपूर्तिबाट बञ्चित भएका छन्।

ड्निप्रोपेट्रोस्क क्षेत्रको पूर्वी शहर पावलोहरादमा पनि आक्रमणका कारण आवासीय भवन र महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“लक्ष्य नष्ट गर्ने कार्य अझै पनि जारी छ, ड्रोनहरू अझै आकाशमा देखिएको छ,” राष्ट्रपति जेलेन्स्कीले भने, “आक्रमणपछि उद्धार तथा राहत कार्यहरू तीव्र रूपमा सञ्चालनमा छन्।”

यो आक्रमण हालसम्मकै सबैभन्दा समन्वित र व्यापक रहेको बताइएको छ। युक्रेनी वायु सुरक्षा प्रणालीले केही ड्रोन र मिसाइल खसाल्न सफल भएको भए पनि ठूलो क्षति भएको पुष्टि गरिएको छ।

यस आक्रमणपछि युक्रेनी सेना उच्च सतर्कतामा राखिएको छ भने राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई समर्थनका लागि आह्वान गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com