एपस्टीनसम्बन्धी ग्रान्ड जुरी बयान सार्वजनिक गर्न ट्रम्पको आदेश


प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टीनसम्बन्धी सबै “सान्दर्भिक” ग्रान्ड जुरी बयानहरू सार्वजनिक गर्न अमेरिकी न्याय मन्त्रालयलाई आदेश दिएका छन ।

“जेफ्री एपस्टीनलाई दिइएको हास्यास्पद प्रचारप्रति ध्यान दिँदै मैले महान्यायाधिवक्ता प्याम बन्डीलाई अदालतको स्वीकृति अनुरूप सबै सम्बन्धित ग्रान्ड जुरी बयानहरु सार्वजनिक गर्न भनेको छु,” ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भने।

केही मिनेटमै अमेरिकी महान्यायाधिवक्ता प्याम बन्डीले पोस्ट गर्दै भनिन्, “हामी भोलि अदालतमा ग्रान्ड जुरी ट्रान्सक्रिप्टहरू सार्वजनिक गर्न निवेदन दिने तयारीमा छौं।”

यो घटनाक्रम ट्रम्पका मेक अमेरिका ग्रेट अगेन समर्थकहरूबाट आएको निरन्तर दबाबपछि आएको हो । उनीहरुले जेफ्री एपस्टीनसम्बन्धी थप खुलासाको माग गरिरहेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी थप कागजातहरू सार्वजनिक गर्न लागिरहेका छन् या होइनन् र त्यो कहिले हुने हो ट्रम्पको पोस्टबाट स्पष्ट छैन । यस्ता कागजातहरू सार्वजनिक गर्न अदालतको स्वीकृति आवश्यक पर्छ।

पछिल्लो वर्ष चुनाव प्रचारका क्रममा ट्रम्पले एपस्टीनसम्बन्धी कागजातहरू सार्वजनिक गर्ने वाचा गरेका थिए।

तर, गत हप्ता प्याम बन्डीले अमेरिकी न्याय मन्त्रालयले एपस्टीनसँग कथित “क्लाइन्ट लिस्ट” ९ग्राहकहरूको सूची० रहेको विश्वास नगरेको र एपस्टीनले आत्महत्या नै गरेको बताएकी थिइन् । यद्यपि उनको मृत्युबारे विभिन्न अनुमानहरु फैलिएका छन्।

बन्डीको यो भनाइपछि ट्रम्पका कट्टर समर्थकहरूले आक्रोशित प्रतिक्रिया दिएका थिए । बन्डीले उक्त सूची सार्वजनिक गर्न नसकेको भन्दै उनको राजीनामाको मागसमेत उनीहरुले गरेका थिए ।

ट्रम्प प्रशासनका केही अधिकारीहरूले पहिले उक्त सूची आफूसँग रहेको दाबी गरेका थिए।

जेफ्री एपस्टीनको सन् २०१९ मा न्यूयोर्कको जेलमा मृत्युभएको थियो । उनी यौन तस्करीसम्बन्धी अभियोगमा मुद्दाको प्रतिक्षा गरिरहेका बेला उनको मृत्यु भएको थियो ।

यसभन्दा धेरै अघि, उनी एक किशोरीसँग वेश्यावृत्तिको लागि आग्रह गरेको आरोपमा दोषी ठहर भइसकेका थिए । उनलाई यौन अपराधीको रूपमा दर्ता गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com