अमेरिकामा वालमार्टले बजारबाट ८ लाख ५० हजार बोतल फिर्ता ल्याउदै, कारण यस्तो रहेछ
प्रकाशित मिति : असार २९, २०८२ आईतबार
अमेरिकामा वालमार्टले बजारमा बेचिएका करिब ८ लाख ५० हजार स्टेनलेस स्टील पानीका बोतलहरू फिर्ता बोलाएको छ ।
तिनीहरूको ढक्कन बलपूर्वक उछिट्टिन सक्ने र प्रयोगकर्तालाई चोट लाग्ने खतरा देखिएपछि फिर्ता ल्याइएको हो ।
अहिलेसम्म दुई व्यक्तिले आँखा गम्भीर रूपमा घाइते भएर स्थायी दृष्टि गुमाएका छन् । ति बोतल २०१७ देखि वालमार्ट का स्टोरहरूमा विक्री हुँदै आएको थियो।
अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोग ले सार्वजनिक सूचना दिँदै यी बोतलहरूमा गम्भीर चोट र चिरा लाग्ने जोखिम रहेको बताएको छ।
उपभोक्ता उत्पादन सुरक्षा आयोगका अनुसार यदि प्रयोगकर्ताले खानपिन सामग्री, ग्यास भएको पेय वा नासिने पेय पदार्थ जस्तै रस वा दूध लामो समयसम्म बोतलभित्र राखेर ढक्कन खोल्न खोजेमा त्यसबेला ढक्कन बलपूर्वक उछिट्टिन सक्छ ।
अहिलेसम्म ३ जना प्रयोगकर्ताहरूले अनुहारमा चोट लागेको रिपोर्ट दिएका छन् । तिनीहरूमध्ये २ जनाले आँखा घाइते भई स्थायी दृष्टि गुमाएका छन् ।
दुवैले उपभोक्ताहरूलाई यी बोतलहरू तुरुन्त प्रयोग गर्न रोक्न आग्रह गरेका छन् । मोडल नम्वर ८३-६६२ यो नम्बर बोतलमै छैन । तर प्याकेजिङमा देखिन्छ । बोतलको आवरण चाँदीजस्तो देखिन्छ । ढक्कन भने कालो बनाइएको छ ।
ग्राहकहरूको स्वास्थ्य र सुरक्षा सधैं प्राथमिकतामा रहेको भन्दै उत्पादकसँग पूर्ण रूपमा सहकार्य गरेका छौं, स्टोरबाट बोतल हटाउने र उपभोक्तालाई जानकारी गराउने काम भइरहेको छ वालमार्टले भनेको छ ।






