दक्षिण कोरियाका पूर्व राष्ट्रपति योल पुनः पक्राउ


प्रकाशित मिति : असार २५, २०८२ बुधबार

फोटो : एएफपी/रासस

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन । सन् २०२४ को अन्त्यतिर देशलाई राजनीतिक संकटमा धकेलेको असफल मार्शलल कानून घोषणा प्रकरणमा पूर्व राष्ट्रपति योल पुनः पक्राउ परेका हुन ।

अप्रिलमा महाभियोग लगाइएका युनले गत डिसेम्बरमा छ घण्टाको लागि मार्शलल कानून लागू गरेका थिए । त्यसैका कारण उनको विरुद्ध विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइँदैछ ।

सोलको केन्द्रीय जिल्ला अदालतका वरिष्ठ न्यायाधीशले युनलाई पक्राउ गर्न अनुमति दिने आदेश जारी गरेका थिए । पक्राउ नगरेमा उनले प्रमाण नष्ट गर्ने सम्भावना रहेको न्यायाधीशको आदेशमा उल्लेख छ ।

सात घण्टा लामो सुनुवाइमा विशेष अभियोजन टोलीले युन विरुद्ध पाँचवटा मुख्य अभियोगमा पक्राउ आदेश माग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनले सुनुवाइमा आफ्ना वकिलहरूसँग उपस्थित भएर अभियोग अस्वीकार गरेका थिए । तर पछि उनलाई सोल डिटेन्सन सेन्टरमा राखिएको छ ।

उनी यसअघि जनवरीमा पहिलोपटक पक्राउ परेका थिए। त्यो बेला प्रहरी र अनुसन्धान टोलीले उनको सोलस्थित निवासमा रहेको बार्ब्ड वायर र बेरिकेड्स तोडेर उनलाई नियन्त्रणमा लिएका थिए।

दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै उनलाई रिहा गर्यो । तर मुद्दा भने अझै अगाडि बढिरहेको छ। प्रहरी र अभियोजन पक्षका अनुसार युनले उत्तर कोरियालाई उत्तेजित गर्न सैन्य ड्रोन उडाउन आदेश दिएका थिए ।

दक्षिण कोरियाको कानुनअनुसार राष्ट्रपतिलाई केही सीमित अभियोगहरूमा मात्र उन्मुक्ति हुन्छ । जसमध्ये विद्रोह त्यसमा पर्दैन। अब युन राष्ट्रपति नरहेकाले अन्य आपराधिक अभियोगहरूमा पनि उनीमाथि मुद्दा चल्न सक्छ ।

युनको महाभियोगपछि जूनमा भएको आकस्मिक निर्वाचनबाट राष्ट्रपति बनेका ली जे म्युंगले लोकतन्त्रको सुदृढीकरणको वाचा गरेका थिए।

उनले युनको शासनकालमा भएका विवादास्पद कार्यहरूमा अनुसन्धान गर्न विशेष अभियोजन टोली नै गठन गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com