सर्वोच्च अदालतको अनुमतिपछि अमेरिकाद्वारा आठ जना सुडानमा डिपोर्ट


प्रकाशित मिति : असार २२, २०८२ आईतबार

अमेरिकाले आठ जनालाई दक्षिण सुडान डिपोर्ट गरेको छ । उनीहरुलाई केही हप्ता अगाडि जिबुटीमा रोकिएको थियो।

डिपोर्ट गरिएका व्यक्तिहरू हत्या, यौन दुर्व्यवहार र डकैतीजस्ता अपराधमा दोषी ठहर भएका बताइएको छ । उनीहरू जेल सजाय सकिन लागेका वा सकिएको अवस्थामा रहेका थिए।

डिपोर्ट गरिएका आठमध्ये केवल एकजना मात्रै दक्षिण सुडानी नागरिक हुन्। बाँकी अन्य म्यानमार, क्युबा, भियतनाम, लाओस र मेक्सिकोका नागरिक हुन्।

अमेरिकी अधिकारीहरूले अधिकांशको गृहदेशले उनीहरूलाई फिर्ता लिन अस्वीकार गरेका दाबी गरेका थिए। ट्रम्प प्रशासनले तेस्रो देशमा निर्वासन विस्तार गर्ने नीति अगाडि बढाइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि उसले एल साल्भाडोर र कोस्टारिकातर्फ पनि केही व्यक्तिहरूलाई निर्वासित गरिसकेको छ।

रुवाण्डाले यसबारे छलफल भएको पुष्टि गरिसकेको छ । बेनिन, अङ्गोला, इक्वेटोरियल गिनी, इस्वातिनी र मोल्डोभालाई सम्भावित ‘थर्ड पार्टी’ देशका रूपमा संचार माध्यमहरूले उल्लेख गरेका छन्।

अमेरिकी डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीले दिएको तस्बिरमा ती आठ व्यक्तिहरू विमानमा हात र खुट्टा दुवै बाँधिएको अवस्थामा देखिन्छन्।

अधिकारिहरूले दक्षिण सुडान सरकारले उनीहरूलाई पक्राउ गरेको छ कि छैन भन्ने खुलाएका छैनन्।

तर देश हाल अस्थिर अवस्थामा छ । सुडान चलिरहेको देश हो । अमेरिकी विदेश मन्त्रालयले त्यहाँ ूअपराध, अपहरण र सशस्त्र द्वन्द्वू को जोखिमका कारण यात्रा नगर्न चेतावनी दिएको छ।

यी आठ व्यक्तिलाई मे महिनामा अमेरिका बाहिर पठाइएको थियो । तर अमेरिकी जिल्ला न्यायाधीश ब्रायन मर्फीले तेस्रो देशमा निर्वासनको लागि पुर्वसूचना र शरण अधिकारीसँग कुरा गर्न पाउने अधिकार सुनिश्चित गर्न आदेश दिएपछि विमान जिबुटीमा रोकिएको थियो।

तर गत साता अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको पक्षमा फैसला गर्दै न्यायाधीश मर्फीको आदेश उल्टाइदियो ।

बिहीबार सर्वोच्च अदालतले उक्त आदेश अब लागू नहुने निर्णय गरेपछि निर्वासन प्रक्रिया अगाडि बढाउन प्रशासनलाई सहज भएको हो ।

डिएचएसकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनले यसलाई ूसक्रिय न्यायाधीशहरूमाथिको विजयू भन्दै टिप्पणी गरेकी थिइन । यस वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण सुडानी नागरिकहरूको भिसा रद्द गरेका थिए ।

दक्षिण सुडानले आफ्ना नागरिकहरूलाई फिर्ता लिन अस्वीकार गरेपछि सुडानी नागरिको भिसा अमेरिकाले रद्द गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com