युक्रेनमा रुसले गरेको व्यापक ड्रोन आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा तीन वर्षे युद्धमा रुसले ड्रोन र क्षेप्यास्त्रको व्यापक प्रयोग गरी गरेको आक्रमणको निन्दा गरेका छन् ।

शुक्रबार भएको आक्रमणको निन्दा गर्दै जारी गरिएको विज्ञप्तिमा महासचिब गुटेर्रेसले भनेका छन्, “रुसी महासङ्घले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणको पछिल्लो शृङ्खलाको राष्ट्रसङ्घ कडा शब्दमा निन्दा गर्दै तत्काल र बिनाशर्त पूर्ण युद्धविरामको लागि आह्वान गरिन्छ ।”

घन्टौं लामो रुसी बमबारीपछि देशभरबाट हजारौँ युक्रेनीहरूलाई आश्रयका लागि विदेश पलायन हुन बाध्य पारेको छ ।

किएभमा रहेका एएफपीका पत्रकारहरूले राजधानीमा ड्रोन आक्रमणको व्यापक आवाज सुनेको रयुक्रेनी हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई रोक्न रातभरि सक्रिय रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“महासचिव यो खतरनाक वृद्धि र नागरिकहताहतको बढ्दो संख्याबाट चिन्तित हुनुहुन्छ,” राष्ट्रसङ्घका प्रवक्ता स्टेफन दुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक र नागरिक संरचनामाथि आक्रमण गर्न निषेध गरिएको र यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com