अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेंस्कीबीच फोनवार्ता, के भयो कुराकानी ?


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेंस्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार फोनवार्ता गरेका छन्। उक्त कुराकानीमा युक्रेनको हवाई सुरक्षासम्बन्धी विषय प्रमुखरूपमा उठाइएको छ। रूसबाट भइरहेको तीव्र हवाई आक्रमणबीच ट्रम्प र जेलेंस्कीबीच कीभको आकाशको सुरक्षा सुदृढ गर्न सहकार्य गर्ने सहमति भएको छ।

राष्ट्रपति जेलेंस्कीले टेलिग्राममार्फत जानकारी दिँदै भने, “राष्ट्रपति ट्रम्पसँगको फोन वार्तामा हवाई सुरक्षा प्रणाली विस्तार, संयुक्त सुरक्षा उत्पादन, खरिद र लगानीबारे महत्वपूर्ण छलफल भयो। युक्रेनको आकाश सुरक्षित राख्न हामी मिलेर अघि बढ्ने सहमतिमा पुगेका छौं।”

युक्रेनले अमेरिकी सरकारसँग पटक–पटक थप पेट्रियट मिसाइल प्रणाली बिक्रीको आग्रह गर्दै आएको छ। युक्रेनी अधिकारीहरूले उक्त प्रणालीलाई आफ्ना सहरहरूलाई रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट जोगाउने ‘मुख्य सुरक्षा कवच’को रूपमा लिएका छन्।

तर, हालै वाशिंगटनले युक्रेनलाई दिइँदै आएको केही हतियार सहायता रोक्ने निर्णय गरेपछि कीभले त्यसले आफ्नो हवाई सुरक्षा र युद्धमैदानमा डिफेन्स क्षमतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। त्यसै सन्दर्भमा जर्मनीले पनि अस्थायी समाधानका लागि अमेरिका तथा अन्य साझेदारहरूसँग पेट्रियट प्रणाली किन्नेबारे छलफल सुरु गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, ट्रम्पले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए। उनले उक्त वार्ता निराशाजनक भएको बताएका थिए। सो कुराकानीको केही घण्टापछि रसियाले राजधानी कीभमा युद्धको सुरुवातदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको थियो।

राष्ट्रपति जेलेंस्कीले उक्त आक्रमणलाई जानाजान गरिएको, व्यापक र निन्दनीय भन्दै रूसी आक्रमणको तीव्रता र निष्ठुरता प्रति गहिरो आपत्ति जनाएका छन्। ड्रोन आक्रमणमा सर्वसाधारण क्षेत्रमा गम्भीर क्षति पुगेको र दर्जनौं घाइते भएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ।

स्पिगेल पत्रिकाले जर्मन सरकारी स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, ट्रम्पले बिहीबार जर्मन चान्सलर फ्रिडरिक मर्जसँग पनि कुराकानी गरेका थिए। उक्त वार्तामा युक्रेनको अवस्था, हवाई सुरक्षामा सहयोग, तथा दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको जनाइएको छ।

जेलेंस्की र ट्रम्पबीचको संवादले युक्रेनलाई अपेक्षित अमेरिकी सहयोग पुनः फर्कने संकेत दिएको छ भने रूसी आक्रमणको सामना गर्न युक्रेन अझ सशक्त हुने विश्वास गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com