अमेरिकामा आइसद्वारा पक्राउ गरिएका मेक्सिकन बक्सर चाभेज जूनियरलाइ डिपोर्ट गर्ने तयारी
प्रकाशित मिति : असार १९, २०८२ बिहीबार
प्रख्यात मेक्सिकन बक्सर अमेरिकामा पक्राउ परेका छन । मेक्सिकन बक्सर जुलियो सिजर चाभेज जूनियरलाई अमेरिकी आप्रवासन अधिकारीहरुले पक्राउ गरेका हुन ।
अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेका उनलाई मेक्सिको फर्काउने तयारी भइरहेको छ। अमेरिकी अधिकारीहरूका अनुसार, चाभेज जूनियरमाथि “सङ्गठित अपराधमा संलग्नता” सम्बन्धी मेक्सिकन अधिकारीहरूले जारी गरेको सक्रिय पक्राउ पूर्जी छ ।
उनी ३९ वर्षका छन् । केही दिनअघि मात्र क्यालिफोर्नियामा इन्टरनेट प्रभावबाट बक्सर बनेका जेक पलसँगको भिडन्तमा पराजित भएका थिए।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले जारी गरेको विज्ञप्तिमा उनी “सिआनालोआ ड्रग कार्टेल” सँग सम्बन्धित रहेको दाबी गरिएको छ । यद्यपि, चाभेजका वकिलले यो आरोपलाई अस्वीकार गरेका छन् ।
डीएचएस की प्रवक्ताले भनिन्, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा, संसारभर चिनिएका खेलाडीहरू समेत कानुनभन्दा माथि हुने छैनन्।”
चाभेज जूनियरलाई बिहीबार लस एञ्जलसको स्टुडियो सिटीमा आप्रवासन तथा सीमा सुरक्षा ९आइस० का अधिकारीहरूले पक्राउ गरेका थिए । उनले केही दिनअघि एनाहाइममा जेक पलसँगको खेल खेलेका थिए।
चाभेज जूनियर पूर्व विश्व मिडलवेट च्याम्पियन हुन् । उनी मेक्सिकोका ऐतिहासिक रूपमा सबैभन्दा सफल बक्सरमध्ये एक जुलियो सिजर चाभेज सिनियरका छोरा हुन् ।
डीएचएसको विज्ञप्तिमा उनीमाथि “सङ्गठित अपराध, हतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थको तस्करी” मा संलग्न रहेको आरोपमा मेक्सिकोमा छ । अधिकारिहरूले उनी सिआनालोआ कार्टेलसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ ।
ट्रम्पले आफ्नो कार्यकालको दोस्रो सुरुवातमा उक्त कार्टेललाई “आतंकवादी संगठन” को सूचीमा राखेका थिए।
अमेरिकी अधिकारीहरूले चाभेजले २०२३ मा अमेरिकी स्थायी बसोबास (ग्रीन कार्ड) को लागि आवेदन दिएका दिए । उनकी अमेरिकी नागरिक श्रीमतीमार्फत आवेदन गरेको अधिकारीहरूले बताएका छन् ।
अधिकारिहरूले चाभेज जूनियर अमेरिकामा विभिन्न आपराधिक घटनामा संलग्न भएको बताएका छन् । सन् २०१२ मा उनी बिना लाइसेन्स र लागूऔषधको प्रभावमा सवारी चलाएको आरोपमा पक्राउ परेका थिए ।






