स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी कटौती नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
प्रकाशित मिति : असार १७, २०८२ मंगलबार
संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पुनर्सरचना र कर्मचारी कटौती योजना स्थगित गर्न आदेश दिएको छ ।
प्रोभिडेन्स, रोड आइल्यान्ड स्थित अमेरिकी डिस्ट्रिक्ट न्यायाधीश मेलिसा डुबोजले ट्रम्प प्रशासनले अगाडि बढाएको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयको पुनर्संरचना तथा कर्मचारी कटौती योजनामा अस्थायी रोक लगाएकी हुन ।
डेमोक्रेट नेतृत्वमा रहेका १९ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले मार्चमा स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले घोषणा गरेको १० हजार कर्मचारी बर्खास्त गर्ने र प्रशासनिक एकीकरण गर्ने योजनाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
उनीहरूले यसले मन्त्रालयका जिम्मेवार कार्यालयहरूलाई काम गर्न असमर्थ बनाएको दाबी गरेका छन् ।
बर्खास्ती, पहिलेको स्वेच्छिक राजीनामा वा बायआउट अन्तर्गत कर्मचारिहरूको निलम्बन पछि कर्मचारी संख्या ८२ हजार बाट घटेर ६२ हजार पुगेको बताइएको छ ।
न्यायाधीश डुबोजले “कार्यपालिकाले कांग्रेसद्वारा सिर्जना गरिएका एजेन्सीहरूको संरचना तथा कार्यप्रणालीमा एकतर्फी परिवर्तन गर्ने शक्ति मन्त्रालयसँग छैन ” भनेर आदेश दिएकी छन ।
न्यूयोर्क एटर्नी जनरल लिटिशिया जेम्सले आदेशले देशको स्वास्थ्य सेवा प्रणालीमा पहुँचलाई सुनिश्चित गर्छ र प्रशासनको गलत प्रयासलाई रोक्छ भनेका छन ।
ट्रम्प प्रशासन र एलन मस्क–सञ्चालित सरकारी दक्षता पहल अन्तर्गत, संघीय जांच र खर्च घटाउने योजनाको हिस्सा स्वरूप यो पुनर्संरचना र कर्मचारी कटौती अघि बढाइएको थियो ।
डेमोक्रेट राज्यहरुले यो कदमले राष्ट्रिय जनस्वास्थ्य प्रणालीलाई कमजोर पार्ने आरोप लगाएका छन् । न्यायाधीशको आदेशपछि योजना कार्यान्वयन रोकिएको छ । केही कर्मचारीहरू पुनर्स्थापना भइसकेका छन् ।








