राष्ट्रपति ट्रम्पको दबाबमा क्यानडाले कर फिर्ताको घोषणा गरेको ह्वाइट हाउसको दाबी


प्रकाशित मिति : असार १६, २०८२ सोमबार

क्यानडाली प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा आएर ठूला अमेरिकी प्रविधि कम्पनीहरूमा लगाइएको कर फिर्ता लिएका ह्वाइट हाउसले दावी गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पत्रकारहरूसँग भनिन्, “क्यानडाले यस्तो कर लगाएर गल्ती गर्यो।” उनका अनुसार प्रधानमन्त्री कार्नीले आइतबार साँझ ट्रम्पलाई फोन गरेर कर फिर्ता लिने जानकारी दिएका थिए।

राष्ट्रपति ट्रम्प पुनः पदमा फर्किएपछि अमेरिका र क्यानडाबीच व्यापारिक तनाव तीव्र भएको छ । ट्रम्पले उक्त करलाई ूसिधा आक्रमणू को संज्ञा दिँदै शुक्रबार क्यानडासँगको व्यापार सम्झौता वार्ता स्थगन गरेका थिए । उनले नयाँ भन्सार शुल्क बढाउने चेतावनी दिएका थिए।

यसको जवाफमा क्यानडाले सोमबारदेखि सुरु हुने कर संकलन रोक्ने निर्णय गर्दै कर खारेज गर्न नयाँ कानुन प्रस्ताव गर्ने बताएको छ । प्रेस सचिव लेविटले भनिन्, “राष्ट्रपति ट्रम्प जान्दछन् कसरी कूटनीति गर्ने । उनी विश्वकै सबैभन्दा राम्रो देश र अर्थतन्त्रको नेतृत्व गर्दैछन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“विश्वका सबै मुलुकहरूलाई अमेरिकासँग राम्रो सम्बन्ध आवश्यक छ,” उनले भनिन्। कर फिर्ता हुनु अमेरिकी प्रविधि कम्पनीहरू र कामदारहरूको ूठूलो जितू भएको उनले बताइन्।

क्यानडाले प्रस्ताव गरेको डिजिटल सेवा कर अनुसार अमेरिकी प्रविधि कम्पनीहरू अमेजन, मेटा, गुगल, एप्पल जस्ताले क्यानडामा करिब २७ मिलियन क्यानेडियन डलर भन्दा बढी आम्दानी गरेको खण्डमा ३ प्रतिशत कर तिर्नु पर्ने थियो।

क्यानडाका अर्थमन्त्री फ्रान्स्वा फिलिप शम्पेनले आइतबार एक वक्तव्य जारी गर्दै कर फिर्ता लिने निर्णय घोषणा गरे। क्यानडाको विपक्षी कन्जर्भेटिभ पार्टीका नेता पिएर पोइलीभ्रेले कर फिर्ता लिने निर्णयलाई ूअन्तिम क्षणको हारू भन्दै आलोचना गरे।

पोइलीभ्रेले कार्नीलाई अब अमेरिकी ‘सफ्टवुड लम्बर’ मा लगाइएको शुल्क फिर्ता गराउन जोड दिनुपर्छ र क्यानडेली कामदारहरूको हितमा वार्ताबाट उपलब्धि लिनुपर्छ भनेर सुझाव दिएका छन ।

बेलायत लगाएतका देशहरु ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूमाथि नयाँ ढंगले कर लगाउने प्रयासमा छन् । यस्ता कम्पनीहरूको विश्वभर लाखौं प्रयोगकर्ता र विज्ञापनदाता छन् । तर कर प्रणालीको ढाँचाका कारण तिनीहरूले धेरै मुलुकहरूमा न्यून कर तिर्ने गरेका छन्।

क्यानडाले प्रस्ताव गरेको कर पहिलो वर्षमै अमेरिकी प्रविधि कम्पनीहरूलाई करिब १.५ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो । यो कर जनवरी २०२२ देखि लागू हुने गरी प्रस्ताव गरिएको थियो।

क्यानडाको गत वर्षको संघीय बजेटमा पाँच वर्षमा डीएसटी बाट कुल ५.९ बिलियन क्यानेडिएन डलर राजस्व आउने अनुमान गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com