अमेरिकाले थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै इरान वार्ताका लागि तयार हुने


प्रकाशित मिति : असार १५, २०८२ आईतबार

अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै अमेरिकासँग वार्ता पुन सुरु हुने बताएको छ ।

इरानका उपविदेश मन्त्री माजिद ताक्त रावाञ्छीले इरानमाथि कुनै पनि थप आक्रमणको सम्भावनालाई पूर्ण रूपमा अमेरिकाले अस्वीकार गर्नुपर्ने बताए ।

ट्रम्प प्रशासनले बिचौलियामार्फत इरानलाई वार्तामा फर्कन चाहेको संकेत दिएको छ, तर वार्ताको समयमा ूथप आक्रमण गर्ने विषयमाू अमेरिका स्पष्ट नहुँदा वार्ता अघि बढ्न सकेको छैन उनले भनेका छन ।

इजरायलले १३ जुनबाट इरानमाथि हमला गर्दै आणविक तथा सैन्य ठाँउहरूमा आक्रमण मात्र होइन, वैज्ञानिक तथा कमाण्डरहरूको हत्या गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो आक्रमणका कारण १५ जुनमा ओमानको मस्कटमा हुने भनिएको छैठौं चरणको वार्ता स्थगित भएको हो।

यो द्वन्द्वमा अमेरिका पनि प्रत्यक्ष संलग्न भयो । उसले इरानका तीन आणविक केन्द्रहरू (फोर्डो, नताञ्ज र इस्फहान)मा बम आक्रमण गर्यो।

ताक्त रावाञ्छीले भने, इरानले शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम प्रशोधन गर्न पाउने अधिकारमा जोड दिनेछ । उनले इरान लुकीछिपी आणविक बम बनाउने प्रयासमा रहेको भन्ने कुरालाई अस्वीकार गरेका छन ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी का प्रमुख राफाएल ग्रोसीले अमेरिकाको आक्रमणबाट इरानको आणविक पूर्वाधारमा गम्भीर क्षति पुगेको तर पूर्ण रूपमा नष्ट नभएको बताए ।

उता राष्ट्रपति ट्रम्पले भने ती पूर्वाधारहरू “पूर्ण रूपमा ध्वस्त” भएको दाबी गरेका छन्। ग्रोसीले इरान केही महिनामै फेरि युरेनियम प्रशोधन सुरु गर्न सक्ने क्षमता राख्ने बताए ।

इरान र आइएइए बीचको सम्बन्ध बिग्रिँदो छ । बुधबार इरानी संसदले आइएइए सँगको सहकार्य निलम्बन गर्ने प्रस्ताव पारित गरेको छ । जसमा एजेन्सीलाई अमेरिका र इजरायलको पक्षपाती भएको आरोप लगाइएको छ ।

ट्रम्पले भने, यदि इरानले पुनः युरेनियम प्रशोधन गरेको प्रमाण पाए, फेरि आक्रमण गर्ने चेतावनी दिएका छन ।

सन् २०१५ को आणविक सम्झौतामा इरानलाई ३.६७ प्रतिशत भन्दा बढी युरेनियम प्रशोधन गर्न नदिइने र फोर्डो प्लान्टमा १५ वर्षसम्म कुनै प्रशोधन नगर्नु पर्ने शर्त थियो ।

तर, ट्रम्पले सन् २०१८ मा सम्झौता तोडेका थिए र प्रतिबन्ध पुनः लगाएका थिए।

इरानले त्यसपछि सम्झौताको सर्त तोड्दै प्रशोधन पुनः सुरु गर्यो र ६० प्रतिशत प्रशोधित युरेनियम पर्याप्त मात्रामा भण्डारण गरिसकेको ।

जसबाट ९ वटा आणविक बम बनाउन सकिने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com