इरानमा रहेका अमेरिकीहरू उच्च जोखिममा,सयौं इरानबाट भागे


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

फोटो : रासस

इजरायलसँगको तनाव चुलिँदै जाँदा सयौं अमेरिकीहरू इरानबाट भागेका छन ।

सार्वजनिक गरिएको अमेरिकी स्टेट डिपार्टमेन्टको आन्तरिक रिपोर्टअनुसार इजरायलसँगको द्वन्द्व चर्किँदै जाँदा सयौं अमेरिकी नागरिकहरू इरानबाट बाहिरिएका हुन ।

यो विवरणले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहँदा इरानमा रहेका अमेरिकीहरू उच्च जोखिममा रहेको देखाएको छ ।

इरानमा कति अमेरिकी नागरिकहरू छन् भन्ने यकिन विवरण छैन । किनभने स्टेट डिपार्टमेन्टले अमेरिकीहरूलाई विदेशमा रहँदा अनिवार्य रूपमा दर्ता गर्न आग्रह गर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायलमा जस्तै अमेरिकाले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्नका लागि यातायातको विकल्पहरू तयार गरिरहेको बताएको छ । तर पनि इरानमा भने त्यस्तो कुनै व्यवस्था छैन, किनभने अमेरिकाको इरानमा कूटनीतिक रूपमा कुनै उपस्थित रहेको छैन ।

स्टेट डिपार्टमेन्टकी प्रवक्ता टैमी ब्रूसले पत्रकार सम्मेलनमा भनिन्, “हामी इरानबाट प्रत्यक्ष अमेरिकी सरकारद्वारा सहायता गरिएको उद्धारको योजना बनाइरहेका छैनौं।”

केही अमेरिकीहरूलाई इरान छोड्न कठिनाइ भइरहेको रिर्पोटमा भनिएको छ। देश छोड्न चाहने अमेरिकीहरूले चेकपोइन्टहरू तथा सुरक्षा निकायको सोधपुछको सामना गर्न तयार रहनुपर्छ, रिपोर्टमा भनिएको छ ।

धेरै अमेरिकीहरूमा दुर्व्यवहार, ढिलाइ र डर देखिएको अनुभव सुनाएका छन्। दुई जना अमेरिकीहरू इरान छोड्ने क्रममा पक्राउ परेको पनि रिपोर्टमा जनाइएको छ ।

अमेरिकी परिवार सदस्यलाई इरानबाट निकाल्ने प्रयासमा स्टेट डिपार्टमेन्टप्रति निराशा व्यक्त गर्दै विभागले अमेरिकी दूतावासहरूमा गुनासो सुनाइ रहेको बताएका छन ।

उनले इरानका छिमेकी राष्ट्रहरूमा दबाब दिएर अमेरिकीहरूको प्रवेश सुनिश्चित गर्नुपर्ने माग गरे । उनले इरानी सीमावर्ती क्षेत्रमा दूतावासका अधिकारीहरू पठाउन सुझाव दिए।

प्रवक्ता ब्रूसका अनुसार, “इजरायल, वेस्ट बैंक र इरानको परिस्थिति” बारे २५ हजार भन्दा बढी मानिसहरूले स्टेट डिपार्टमेन्टसँग जानकारी मागेका छन् ।

धेरैजसोले सामान्य जानकारी खोजिरहेका भए पनि केहीले इरान वा इजरायल छाड्ने उपायहरूबारे सोधेका बताइएको छ ।

अमेरिकी राजदूत माइक हकाबीले “अमेरिका इजरायलबाट मानिसहरूलाई निकाल्नका लागि सैन्य, व्यावसायिक, चार्टर विमान र क्रुज जहाजहरूको व्यवस्था गर्न काम गरिरहेको बताएका छन ।”

राष्ट्रपति ट्रम्पले बिहीबार इरानमाथि आक्रमण गर्ने वा नगर्ने निर्णय गर्न दुई हप्ताको समय दिएका छन् । उक्त घोषणा पछि वार्ता पुनः सुरु गर्ने प्रयास तीव्र भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com