पेन्टागनले प्रस्ताव गरेको नाम ह्वाइट हाउसले स्वीकार गरेन, साइबर कमान्डको नेतृत्व रिक्त रहने संभावना
प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी र साइबर कमान्डको नेतृत्वका लागि रक्षा मन्त्रालय पेन्टागनले प्रस्ताव गरेको नाम अगाडि बढाउन ह्वाइट हाउसले अस्वीकार गरेको छ ।
रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र अमेरिकी साइबर कमान्डको नेतृत्वका लागि आर्मी लेफ्टिनेन्ट जनरल रिचर्ड एङ्गललाई मनोनयन गर्न सिफारिस गरेको थियो ।
तर ह्वाइट हाउसले उक्त नामलाई अघि नबढाउने निर्णय गरेपछि अमेरिका कै शक्तिशाली गुप्तचर संस्थाहरू मध्ये एकमा नेतृत्व रिक्त रहने स्थिति लम्बिएको छ ।
एङ्गल विशेष सैन्य अभियानमा लामो अनुभव भएका अधिकृत हुन् । उनलाई रक्षा मन्त्री पीट हेगसेथ र राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गेबार्डले समर्थन गरेका थिए ।
ह्वाइट हाउसले एङ्गलको नाम अघि नबढाउने निर्णय गरेको छ । ट्रम्पले उनलाई अन्तर्वार्ताको लागि बोलाएका थिए भन्ने पुष्टि भएको छ ।
पेन्टागनका प्रवक्ताले यसबारे ह्वाइट हाउससँग सम्पर्क गर्न भनेका छन्। ह्वाइट हाउसले यसबारे कुनै टिप्पणी दिएको छैन ।
रक्षा मन्त्री हेगसेथ र गुप्तचर निर्देशक गेबार्डको इरान सम्बन्धी नीतिमा ह्वाइट हाउसमा प्रभाव घट्दै गएको छ ।
अप्रिलमा ट्रम्पले एनएसए का पूर्व निर्देशक जनरल टिमोथी हफ र उनका मुख्य सहायकलाई कारण नजनाई पदमुक्त गरेका थिए ।
इजरायल र इरानबीचको युद्धका कारण मध्यपूर्वमा अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नताको सम्भावना बढिरहेका बेला ट्रम्प प्रशासन एनएसए र साइबर कमान्डको स्थायी नेतृत्वको खोजीमा जुटिरहेको छ ।
ट्रम्पले दुई हप्ताभित्र युद्धमा सहभागी हुने वा नहुने निर्णय लिनेछन्। एङ्गल विशेष कारवाही सेनाका अधिकारी हुन् ।
उनी हाल का कमाण्डर हुन् । यद्यपि उनले सन् २०१९ मा अमेरिकी सेना साइबर कमान्डमा उपकमाण्डरको रूपमा सेवा गरेका थिए ।
उनलाई हालका एनएसए प्रमुखहरू जस्तै साइबर सुरक्षा र गुप्तचरको क्षेत्रमा भने अनुभव छैन ।








