इरानको परमाणु केन्द्र नष्ट गर्न अमेरिकाले शक्तिशाली बम प्रहार गर्नसक्ने संभावना कति ?


प्रकाशित मिति : असार ४, २०८२ बुधबार

इरान र इजरायबीचको तनावपूर्ण द्वन्द्वमा अमेरिका प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने या नगर्ने गहिरो सोचमा देखिएको छ । इजरायलले इरानमाथिको आक्रमणलाई परमाणु बम निर्माण रोक्न आवश्यक भएको बताएको छ ।

जसलाई उसले आफ्नो अस्तित्वका लागि खतरा मानेको छ। अमेरिका पनि यही उद्देश्यका साथ हालसम्म इरानसँग परमाणु गतिविधिमा नियन्त्रण ल्याउने वार्तामा थियो । वार्ता गत हप्ता रोकिएको हो।

इरानको सबैभन्दा सुरक्षित र बलियो परमाणु केन्द्र फोर्दो गहिरो पहाडभित्र छ । यसलाई नष्ट गर्न सक्ने ३० हजार पाउन्डको बंकर बस्टर बम केवल अमेरिकासँग छ ।

यस्तो बम झार्न सक्ने स्टिल्थ बमवर्षक पनि केवल अमेरिकासँग मात्र उपलब्ध छ । इजरायलले मात्र इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न सक्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बंकर बस्टर बम भन्नाले सतहभित्र गहिरो पुगेर विस्फोट हुने खालका बमलाई जनाइन्छ । यो सबैभन्दा शक्तिशाली गैर परमाणु बम हो । जुन विशेष रूपमा पहाडभित्र रहेका केन्द्रहरूमा प्रहार गर्न बनाइएको हो ।

यो बम पहिला जमिनभित्र छिर्छ, अनि विस्फोट हुन्छ । यो प्रक्रिया निकै जटिल र जोखिमपूर्ण हुन्छ । विशेषगरी यदि एउटै स्थानमा पुनः पटक पटक प्रहार गर्नुपर्ने भएको अवस्थामा जटिल हुनसक्ने संभावना पनि उत्तिकै रहन्छ ।

यो बमलाई बोक्न सक्ने कुनै पनि विमान इजरायलसँग छैन । त्यसैले इजरायली सेनाले आफैं यो हतियार प्रयोग गर्न सक्दैन ।

धेरै विश्लेषकहरू भन्छन् कि जीबीयू ५७ ले फोर्दो जस्ता केन्द्रमा गहिरो क्षति पुर्याउन सक्छ । तर यसले परमाणु कार्यक्रम पूर्ण रूपमा रोक्न सक्छ भन्ने ग्यारेन्टी छैन।

इरान प्रोजेक्टका निर्देशक अली भाएजका अनुसार यस्तो आक्रमणले इरानको कार्यक्रमलाई केही वर्षमात्र पछाडि धकेल्न सक्छ तर पूर्ण रूपमा अन्त्य गर्न सक्दैन।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्थाले फोर्दोमा उच्च स्तरमा समृद्ध युरेनियम उत्पादन भइरहेको पुष्टि गरेको छ । त्यसैले त्यहाँ प्रहार हुँदा रेडियोधर्मी पदार्थ बाहिर निस्कन सक्छ । जसले नजिकैका बासिन्दाहरूलाई असर पुर्याउन सक्छ।

आइएइए प्रमुख राफाएल ग्रोसीले कुनै पनि परिस्थितिमा परमाणु केन्द्रमाथि आक्रमण हुन नहुने बताएका छन । यसको असर केवल इरानमा सीमित नहुन सक्छ उनले भनेका छन ।

उनले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com