बाल्यकालमा भोगेको दुर्व्यवहारको मानसिक असर “कम हुँदै जान्छ”


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

युनिभर्सिटी कलेज लण्डनले ११ हजार जुम्ल्याहामाथि गरेको अध्ययनले तनावको समस्या दुइवर्षसम्म रहने तर पाँच वर्षपछि भने हट्दै जाने देखाएको छ।

अध्ययनले विद्यालयहरुमा ‘बुलिइङ’ अर्थात दुर्व्यवहारको असर कम गर्नु असाध्यै महत्वपूर्ण रहेको देखाएको छ।

मनोविदहरुले दुर्व्यवहार बेहोरेका युवाहरुको मानसिक स्वास्थ्यमा लामो समयसम्म प्रभाव पार्ने बताउँदै आएका छन्।

‘जेएएमए साइकियाट्री’मा लेख प्रकाशित गरेका अनुसन्धानकर्ताहरुले दुर्व्यवहार भोगेका बालबालिकाले कुनै समस्या आइलागे त्यससँग जुझ्न सक्ने शक्ति आर्जन गर्ने देखिएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आशावादी सन्देश’

११ हजार भन्दा बढि ११, १४ र १६ वर्षीय जुम्ल्याहाको सर्वेक्षण गरेर अनुसन्धानकर्ताहरुले दुर्व्यवहार र मानसिक स्वास्थ्यबीचको सम्बन्धमाथि अध्ययन गरेका थिए।

दुर्व्यवहारले मानिसक स्वास्थ मात्र नभएर तनाव, अवसाद, अति चञ्चल र बानीबेहोराजन्य समस्या हुने बताइन्छ।

यस्ता नकारात्मक प्रभावहरु समयक्रममा कम हुँदै जाने बताइएको छ।

अध्ययनबाट आशावादी सन्देश प्राप्त भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

अध्ययनकर्तामध्ये एक जाँ ब्याप्टिष्ट पीङगल्टले भने, “हाम्रो अध्ययनले मानसिक स्वास्थ्य समस्यामा परेका बालबच्चा र किशोरहरुलाई निरन्तर सहयोग गरिरहनुपर्ने देखाएको छ।”

बच्चा र किशोरकिशोरीहरुको विशेषज्ञ मानसिक स्वास्थ्यमा पहुँच हुनुपर्ने पनि विज्ञहरुले बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com