जी ७ का नेताहरुद्वारा मध्यपूर्वमा युद्धविरामको आह्वान


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

फोटो : एपी/रासस

जी ७ का नेताहरूले मध्यपूर्वमा युद्धविरामको आह्वान गरेका छन । जी ७ राष्ट्रका नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव घटाउन र गाजामा युद्धविरामको माग गर्दै संयुक्त वक्तव्य समेत जारी गरेका छन् ।

वक्तव्यमा उनीहरूले क्षेत्रीय शान्ति र स्थायित्वप्रति प्रतिबद्धता दोहोर्याउँदै भनेका छन् कि “यस सन्दर्भमा इजरायलले आफ्नो रक्षा गर्ने अधिकार राख्दछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा भइरहेको शिखर सम्मेलन छाडेर चाँडै फर्कने घोषणा गरेका थिए । ट्रम्पको फर्किएलगत्तै व्हाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्लाई आपतकालीन बैठकका लागि तयारी गर्न भनिएको रिपोर्ट आएको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भने, “पेन्टागनको सुरक्षात्मक सतर्कता मजबुत बनाउनका लागि थप सैन्य स्रोतहरू मध्यपूर्वमा पठाइनेछ।” तर, अमेरिकी अधिकारीहरूले अमेरिका इजरायली हमलामा प्रत्यक्ष संलग्न हुँदैन भन्ने प्रष्ट पारेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्हाइट हाउसले ट्रम्पले शिखर सम्मेलनमा “उत्कृष्ट दिन” बिताएको र बेलायतसँग व्यापार सम्झौतासहित धेरै प्रगति भएको दाबी गरेको छ ।

फोटो सेसनका क्रममा ट्रम्पले भने, “म ठूलो कुराका लागि वाशिङटन फर्कन जरुरी छ।” ट्रम्पले सामाजिक सञ्जालमा “सिधा कुरा हो, इरानसँग कहिल्यै आणविक हतियार हुनु हुँदैन । मैले यो पटक–पटक भनेको छु ” भनेर लेखेका छन ।

ट्रम्पले इरानी जनतालाई ‘तुरुन्तै राजधानी तेहरान खाली गर्न’ आग्रह गर्दै पोस्ट गरे । तेहरा सहरमा १.७ करोड मानिस बसोबास गर्छन् ।

यसको केही घण्टा पछि, तेहरानमा ठूलो विस्फोट भएको थियो । त्यसअघि इजरायली सेनाले इरानको सरकारी टेलिभिजनमा आक्रमण गर्दा एक समाचार वाचक प्रसारणमै भाग्नु परेको थियो।

इजरायलको तेल अभिभमा पनि साइरन बजेको र इरानले फेरि मिसाइल आक्रमण गरेको पुष्टि भएको छ । जी ७ शिखर सम्मेलनमा रुस–युक्रेन तथा इजरायल–इरान द्वन्द्वबारे मतभेद देखिएको थियो ।

ट्रम्पले इजरायल–इरान द्वन्द्वसम्बन्धी घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गर्ने तयारी गरेका थिए । तर अन्ततः नेताहरूले संयुक्त वक्तव्य जारी गरे। “हामी इजरायलको सुरक्षा प्रति समर्थन दोहोर्याउँछौं।”

“इरान क्षेत्रीय अस्थिरता र आतंकको मुख्य स्रोत हो । हामी निरन्तर स्पष्ट रूपमा भन्छौं इरानसँग कहिल्यै आणविक हतियार हुनु हुँदैन।”

इजरायलले गत बिहीबार सुरु गरेको आकस्मिक हवाई कारबाहीपछि इरानी वायु क्षेत्र नियन्त्रणमा लिएको दाबी गरे तापनि उनीहरूले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न सकेका छैनन् ।

सैन्य विश्लेषकहरूका अनुसार, इरानको आणविक सुविधा नष्ट गर्न अमेरिका मात्रै सक्षम छ । किनभने त्यहाँको सुरक्षात्मक संरचना अत्यन्त बलियो छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलामा अहिलेसम्म २२४ जनाको मृत्यु भइसकेको छ । इजरायलले भने कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com