अमेरिकाको न्युजर्सीमा नेपाल डे, झल्कियो नेपाली कला संस्कृति


प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार

शनिबार फेयर लन, न्यु जर्सीमा आयोजित नेपाल डे महोत्सवमा नेपाल झल्कियो। फेयर लनका उपमेयर जोश रेइनिज र राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त महोत्सवमा नेपाली कला, संस्कृति र नेपालीपन  झल्किएको थियो।

प्रतिकूल मौसमका बावजुद पनि कनेक्टिकटदेखि न्युयोर्क हुँदै डेलावर र पेन्सिलभेनियासम्मका नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। महोत्सवमा विभिन्न जातजाति र समुदायका सहभागीहरू आ-आफ्नो जातीय संस्कृतिअनुसारको भेषभूषा र पहिरनमा सजिएर आउँदा आयोजना स्थल नेपालमय भएको थियो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कला प्रस्तुतिहरूले नेपालको आफ्नै गाउँमा बसेर रमाइलो गरेको जस्तो अनुभव भएको महोत्सवका सहभागीहरूले बताएका थिए।

न्यु जर्सीमा रहेका नर्थ जर्सी नेपाली समाज, ग्रेटर जर्सी नेपाली समाज, न्यु जर्सी नेपाली समाज, फ्रेन्ड्स अफ नेपाल न्यु जर्सी, एनआरएनए न्यु जर्सी च्याप्टर र वुमन फर कजको संयुक्त आयोजनामा भएको उक्त महोत्सवको अध्यक्षता राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा प्रमुख अतिथि हुनुहुन्थ्यो। राजदूत थापाले कर्मभूमिमा गरिएका यस किसिमका कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताउनुभएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमका संयोजक सतेन्द्र शाहले नेपाली आगन्तुक र सहयोगकर्ताहरूको सहयोगबिना कार्यक्रम सफल नहुने उल्लेख गर्दै सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो। कार्यक्रमका इभेन्ट निर्देशक संजीव श्रेष्ठले आफ्नो मन्तव्य राख्ने क्रममा पहिलो नेपाल डे न्यु जर्सीमा सफल रूपमा सम्पन्न गर्नका लागि सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहयोगदाताहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा हुने यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिताको अनुरोध गर्नुभएको थियो। कार्यक्रममा न्यु जर्सी र न्युयोर्कका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य राख्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

कार्यक्रमका थप तस्वीरहरु हेर्न यहाँ क्लीक गर्नुहोला ।

उपमेयर जोश रेइनिजले संयोजक सतेन्द्र शाह, इभेन्ट निर्देशक संजीव श्रेष्ठ लगायत अन्य ८ जना कम्युनिटी लिडरहरूलाई प्रोक्लामेसन प्रदान गर्नुभएको थियो। यसैगरी, न्यु जर्सीका गभर्नरका कमिशनर डा. विष्णुमाया परियारले कम्युनिटीमा सक्रिय भूमिका खेल्नुहुने कम्युनिटी लिडरहरूलाई एकमुष्ट रूपमा गभर्नरको तर्फबाट प्राप्त प्रोक्लामेसन लेटर नेपाल डे आयोजक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमस्थलमा ताजा सेलरोटी, मम लगायत अन्य थुप्रै नेपाली परिकार र नेपाली हस्तकलाका सामग्रीहरूको प्रदर्शनीले निकै रौनकता थपेको थियो। कलाकार संघ, बसन्त डान्स सेन्टर र न्यु जर्सीका नेवा कम्युनिटीको तर्फबाट प्रस्तुत गरिएका नृत्य र गीतहरूले सहभागीहरूको मन जित्न सफल भएका थिए। सन् २०१२ की मिस नेपाल इन्टरनेशनल सुभेच्छा खड्का र मिडियाकर्मी विक्की पुलामीले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा अध्यक्ष राजेन्द्र श्रेष्ठले न्यु जर्सीमा पहिलो पटक सुरु भएको नेपाल डे इभेन्टले अब निरन्तरता पाउने जानकारी दिनुभयो। मौसमको विषम परिस्थितिमा पनि उल्लेख्य रूपमा उपस्थित भई कार्यक्रमको अन्त्यसम्म धैर्यपूर्वक रहनुभएकोमा सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com