अमेरिकी राष्ट्रपति ट्रम्पको यूएई भ्रमण : कृत्रिम बुद्धिमत्तामा सहकार्यको अपेक्षा


प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार

Trump Mideast

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण शुरू गरेका छन् । जसले कृत्रिम बुद्धिमत्ता (एआई) मा सहकार्यलाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ। खाडी मुलुकहरूको भ्रमणको क्रममा कतारमा उनले दोहाले अमेरिकी सैन्य सुविधामा १० बिलियन डलर लगानी गर्ने योजनाको प्रशंसा गरेका थिए।

कतारको अल उदैद एयर बेसमा अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले कतारसँग भएको ४२ बिलियन डलरको रक्षा खरिद सम्झौताबारे जानकारी दिए। त्यसपछि उनी अबु धाबी पुगे, जहाँ यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले उनलाई विमानस्थलमा स्वागत गरे। दुवै नेताले शेख जायेद ग्रान्ड मस्जिदको भ्रमण गरे, जुन त्यो दिन अमेरिकाको सम्मानमा बन्द गरिएको थियो।

‘यो मस्जिद अत्यन्त सुन्दर छ । यो संयुक्त राज्य अमेरिकाको सम्मानमा बन्द गरिएको हो’, ट्रम्पले भने।

यूएईको राष्ट्रपति भवन कस्र अल वतनमा पुग्दा ट्रम्पलाई भव्य स्वागत गरियो। बालबालिकाहरूले अमेरिका र यूएईको झन्डा हल्लाए, र सैन्य ब्यान्डले दुवै देशको राष्ट्रिय गान बजायो। ट्रम्पले यूएईको अन्तरिक्ष प्रदर्शनीको पनि अवलोकन गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूएईले कृत्रिम बुद्धिमत्तामा विश्वव्यापी नेतृत्व लिन अमेरिकी सहयोग चाहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले यूएईलाई वार्षिक ५ लाख एनभिडियाका उन्नत एआई चिप्स आयात गर्न अनुमति दिने प्रारम्भिक सम्झौता गरेको छ। यो सम्झौताले यूएईमा एआई मोडलहरू विकास गर्न आवश्यक डाटा सेन्टरहरूको निर्माणमा सहयोग पुर्‍याउनेछ, यद्यपि यसले अमेरिकामा राष्ट्रिय सुरक्षा चिन्ता पनि उत्पन्न गरेको छ।

दुई देशबीच प्रविधि ढाँचा सम्झौता बिहीबार हस्ताक्षर हुने अपेक्षा गरिएको छ, जसमा प्रविधिको सुरक्षाका लागि दुवै पक्षको प्रतिबद्धता समावेश हुनेछ।

ट्रम्पको खाडी भ्रमणमा ठूला व्यापारिक सम्झौताहरू पनि भएका छन्, जसमा कतार एयरवेजको २१० बोइङ जेट खरिद, साउदी अरबको ६०० बिलियन डलरको लगानी प्रतिबद्धता र १४२ बिलियन डलरको हतियार बिक्री समावेश छन्।

कूटनीतिक रूपमा, ट्रम्पले इरानसँग आणविक सम्झौता नजिक रहेको र सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरे। उनले सिरियाली अन्तरिम राष्ट्रपतिलाई इजरायलसँग सम्बन्ध सुधार्न आग्रह गरे।

ट्रम्पले खाडी मुलुकहरूसँग सम्बन्ध सुधारलाई आफ्नो प्रशासनको प्राथमिकता बनाएका छन्। यदि यूएईसहित खाडी मुलुकहरूमा प्रस्तावित एआई चिप सम्झौताहरू कार्यान्वयन भए, यो क्षेत्र विश्वव्यापी एआई प्रतिस्पर्धामा तेस्रो शक्ति केन्द्र बन्न सक्छ।

‘मैले साउदी अरबमा धेरै हात मिलाएँ, यो मेरो अघिल्लो प्रशासनको फिस्ट बम्पभन्दा फरक छ’, ट्रम्पले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com