इजरायली हवाई हमलामा परेर गाजामा फोटो पत्रकार मारिए
प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार
Palestinians inspect the rubble and debris at the site of Israeli strikes the night before at the Nuseirat refugee camp in the central Gaza Strip on March 23, 2025. The Israeli military on March 23, urged residents of the southern Gaza city of Rafah to evacuate as forces launched an offensive against militants in the area. Israel, vowing to destroy Palestinian militant group Hamas, on March 18 resumed intense bombardment of Gaza and redeployed ground troops, shattering a truce that had largely held since January 19. (Photo by Eyad BABA / AFP)
गाजामा भएको इजरायली हवाई आक्रमणमा प्रसिद्ध फोटोपत्रकार हसन असलिह मारिएका छन । दक्षिण गाजाको नासर अस्पतालको आपतकालीन विभागमा इजरायली हवाई हमला हुँदा प्रसिद्ध प्यालेस्टिनी फोटोपत्रकार हसन असलिहको मृत्यु भएको हो ।
असलिह विगत महिना अघिको एक आक्रमणमा घाइते भएका थिए । त्यसको उपचारको क्रममा अस्पतालको शल्य चिकित्सा विभागमा थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उनलाई लक्षित गरी ड्रोनद्वारा आक्रमण गरिएको थियो।
एक चिकित्सकले बताएअनुसार, असलिह अप्रिलमा त्यही अस्पतालमा भएको एक आक्रमणबाट बचेपछि करिब एक महिनादेखि उपचार गराइरहेका थिए। उक्त आक्रमणमा असलिहका सहकर्मी हेल्मी अल फकावी मारिएका थिए । अरू केही पत्रकारहरू घाइते भएका थिए।
इस्रायली सेनाले असलिहमाथि ७ अक्टोबरमा हमासद्वारा इजरायलमा गरिएका आक्रमणमा संलग्न रहेको आरोप लगाएको थियो।
तर हमास सञ्चालित सरकारको सञ्चार कार्यालयका निर्देशक इस्माइल अल थवाब्ताले असलिहमाथि लगाइएको आरोप “झुटा” भएको र उनी कुनै राजनीतिक समूहसँग आबद्ध नरहेको बताए।
इजरायली प्रशासनले पत्रकारहरूमाथि हमला正 गर्न गलत सूचना फैलाउने र भ्रम सिर्जना गर्ने नीति अपनाएको उनले दावी गरेका छन ।
असलिहले ७ अक्टोबरको हमास आक्रमणका तस्बिर र भिडियोहरू इजरायली भूमिबाट खिचेर सार्वजनिक गरेका थिए।
उनी लामो समयदेखि अन्तर्राष्ट्रिय र स्थानीय समाचार संस्थाहरूसँग स्वतन्त्र फोटोपत्रकारका रूपमा कार्यरत थिए। गाजामा उनी युद्ध रिपोर्टिङमा अग्रस्थानमा रहँदै आएका थिए । इन्स्टाग्राममा उनका पाँच लाखभन्दा बढी अनुयायी छन्।
इजरायली रक्षा बल ले नासर अस्पतालमा गरिएको आक्रमणलाई “आतङ्ककारी लक्षित आक्रमण” भनेको छ । तर असलिहको नाम भने उल्लेख गरिएको छैन।
उक्त अस्पताल हमासद्वारा ूइजरायली सेनामाथि हमला गर्न प्रयोग गर्ने गरिएको इजरायलले आरोप लगाउदै आएको छ । तर हमासले अस्पतालहरूलाई कुनै पनि सैन्य प्रयोजनमा प्रयोग नगरेको दाबी गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गाजामा अस्पतालहरूमा इजराययलद्वारा बारम्बार गरिने आक्रमणलाई निन्दा गर्दै ती आक्रमणहरू सम्भावित युद्ध अपराध वा मानवताविरुद्धका अपराध हुनसक्ने चेतावनी दिएको छ।






