युक्रेनी अधिकारीलाई रुसी राष्ट्रपतिको प्रस्ताव – ‘मे १५ मा प्रत्यक्ष वार्ता गरौं’


प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार

Russian President Vladimir Putin speaks during the international forum of the Union State of Russia and Belarus “Great heritage – common future”, in the southern Russian city of Volgograd, once known as Stalingrad, about 900 km (550 miles) southeast of Moscow, Russia, Tuesday, April 29, 2025. (Kristina Kormilitsyna, Sputnik, Kremlin Pool Photo via AP)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन् ।

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।

क्रेमलिनमा १ः०० (शनिबार २३०० जिएमटी) बजेपछिको आफ्नो बयानमा पुटिनले त्यो आह्वानलाई स्पष्ट रूपमा सम्बोधन गरेनन्, बरु यसको सट्टा ताजा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गरे ।

“हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ । त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।

“हामी इस्तानबुलमा बिहीबार मे १५ मा ढिलाइ नगरी ९वार्ता० सुरु गर्ने प्रस्ताव गर्दछौँ”, पुटिनले भने , उनले वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताए ।

उनले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मूल कारणहरू हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न’ वार्ता चाहेको बताए ।

रुसको ‘द्वन्द्वका मूल कारणहरू’ सम्बन्धी सन्दर्भहरूले सामान्यतया किएभ र पश्चिमसँगका कथित गुनासोहरूलाई जनाउँछ, जुन मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु गर्न औचित्यका रूपमा प्रस्तुत गरेको छ ।

यसमा युक्रेनलाई ‘डि–नाजिफाई’ गर्ने, देशको पूर्वमा रूसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तारको विरुद्धमा पछाडि धकेल्ने र युक्रेनको पश्चिमतर्फको भूराजनीतिक बहाव रोक्ने प्रतिज्ञाहरू समावेश छन् ।

रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा बाहेक अरू केही नभएको भन्दै किएभ र पश्चिमले ती सबैलाई अस्वीकार गरेका छन् ।

रुसले आफ्नो आक्रमण सुरु गरेदेखि दशौँ हजारको मृत्यु भएको छ भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

“हामी यो वार्ताका क्रममा केही नयाँ युद्धविरामको सहमति हुन सक्ने कुरा अस्वीकार गर्दैनौँ”, पुटिनले भने ।

उनले युक्रेनका पश्चिमी समर्थकहरूलाई ‘रुससँग युद्ध जारी राख्न चाहेको’ आरोप लगाए । साथै, ३० दिने युद्धविरामका लागि विशेष युक्रेन–युरोपेली प्रस्तावको उल्लेख नगरी – युरोपेली ‘अल्टिमेटम’ र ‘रुस–विरोधी बयानबाजी’ को आलोचना गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com