प्रमुख दल चुनावी तालमेलको रणनीतिमा


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय र प्रादेशिक चुनाव नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्रसहितका वामपन्थी दलसँग ती चुनावमा सहकार्य गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेससँग सत्ता सहकार्यमा रहेको माओवादी केन्द्रका एक नेताले एमालेले अघि सारेको विकल्पबारे आफूहरु सकारात्मक रहेको बताएका छन्।

माओवादी केन्द्रले पनि सहकार्यका लागि प्रयास गरिरहेको उक्त दलका कतिपय नेता बताउँछन्।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले भने एमालेको पछिल्लो निर्णयलाई कांग्रेस-माओवादीको सहयात्रा टुटाउने प्रयासका रुपमा चित्रण गर्दै आगामी चुनावमा पनि त्यो सहकार्य जारी रहने टिप्पणी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्ताव

मंसिर १० र २१ मा हुने भनिएको चुनावका लागि समय छोटिदैं जाँदा आइतबार बसेको एमालेको स्थायी कमिटीको बैठकले वामपन्थी दलहरुसँग सहकार्यको ढोका खोलेको हो।

राष्ट्रिय दल बन्नका लागि प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्डको व्यवस्थाका कारण साना पार्टीहरु गठजोडको खोजीमा रहेको बताइएका बेला एमालेको पछिल्लो कदम तिनैलाई र तीमध्येपनि वामपन्थी दललाई लक्षित जस्तो देखिन्छ।

तर कांग्रेससँग सत्ता गठवन्धनमा रहेको माओवादी केन्द्रलाई पनि त्यसबाट अलग गराएर ऊसँग चुनावी सहयात्रा गर्ने रणनीति एमालेले बनाएजस्तो प्रतीत हुन्छ।

स्थायी कमिटीको बैठकका निर्णयबारे एमालेका प्रचारविभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले भने, ” माओवादीसँग पनि हाम्रो कुरा भइनैरहेको छ र अन्य प्रगतिशील दलहरुसँग पनि कुराकानी जारी छ। मलाई विश्वास छ नेकपा एमालेको यो निर्णयपछि दलहरुमा सकारात्मक प्रभाव परेको छ। र त्यसले छिट्टै नै निर्णायक परिणाम दिनेछ। ”

सकारात्मक

केपी ओली प्रधानमन्त्री हुँदा माओवादी केन्द्रसँग सत्ता सहकार्य टुट्नुलाई एमालेभित्रकै एउटा खेमाले गल्तीका रुपमा चित्रण गर्ने गर्छ।

प्रदेश नम्बर २ को चुनावी परिणाममा कमजोर देखिएपछि पनि एमालेले सहकार्यको रणनीति लिएको ठान्नेहरुको पनि कमी छैन।

एमालेको पछिल्लो निर्णयलाई माओवादी केन्द्र भित्रकै केही नेताले भने सकारात्मक रुपमा लिएका छन्।

त्यस्तै मध्येका एक नेता नारायणकाजी श्रेष्ठ भन्छन्, “अब नेपाली काँग्रेस पनि कसरी प्रस्तुत हुनसक्छ, त्यो पनि छलफलको विषय हुनेछ। तर एमाले लगायतको वामपन्थी शक्तिहरु मिलेर जाने सवाललाई हामी सकारात्मक ढंगले नै लिन्छौं।”

विश्वस्त

काँग्रेस र माओवादी केन्द्रको सत्ता गठवन्धनमा देखिएको सामिप्यता तथा हालको स्थानीय निर्वाचनको तालमेलले गर्दा आफूहरुबीच तत्कालै दरार आउन नसक्ने कतिपय काँग्रेस नेताहरुको ठम्याई छ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट ठानिने काँग्रेस नेता प्रकाश शरण महतले भने, “एमालेले यति प्रतिशत दिन्छु, उति प्रतिशत दिन्छु भनेर आकर्षक प्रस्ताव दिइराखेको भन्ने म सुन्छु। तर मलाई लाग्छ काँग्रेस-माओवादीबीच विश्वसनीयता बढेको छ र त्यसले परिणाम पनि दिइरहेको छ। त्यसलाई निरन्तरता दिनु नै राम्रो हुनेछ र काँग्रेसले गठवन्धनको दोस्रो विकल्पबारे सोचेको छैन।”

ठूला दलहरुले आपसी सहकार्यका आआफ्नै विकल्पमाथि चर्चा थाल्दै गर्दा त्यसबारे निर्णय भइहालेपनि, स्थानीय स्तरमा भिन्नाभिन्नै पार्टीका नेताहरुको आकांक्षा व्यवस्थापन गर्दै सहकार्य लागू गर्न कठिन हुने कतिपय ठान्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com