बालकृष्णको सम्पत्ति सवा ११ खर्ब कसरी पुग्यो?


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

चिनियाँ अनुसन्धान संस्था ‘हुरुन’ले भारतमा सन् २०१७ का धनीहरुको सूची निकालेको छ जसको आठौं स्थानमा पतञ्जलीका प्रमुख कार्यकारी आचार्य बालकृष्ण आठौं स्थानमा परेका छन्।

गत वर्ष बालकृष्ण २५औं नम्बरमा थिए।

यो वर्ष उनको सम्पत्ति १७३ प्रतिशतले बढेर ७० हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब सवा ११ खर्ब नेपाली रुपैयाँ पुग्यो।

हुरुनका अनुसार, नोटबन्दी र वस्तु तथा सेवा कर जीएसटीले बालकृष्णको सम्पत्ति वृद्धिमा मद्दत गर्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‍नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको ठानिएको छऽ

४४ वर्षका बालकृष्ण यही मार्चमा फोर्ब्स अखबारले निकालेको संसारका अर्बपतिहरुको सूचीमा ८१४ नम्बरमा थिए।

त्यतिखेर २०४३ अर्बपतिको सूची निकालिएको थियो।

चौकीदारको छोराबाट खर्बपति

प्रगति

गत वर्ष फोर्ब्सको सूचीमा भारतका १०० धनीको सूचीमा उनी साढे २ अर्ब डलरसहित ४८औं नम्बरमा थिए।

पछिल्लो आर्थिक वर्षमा पतञ्जलीले १० हजार ५६१ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो।

पतञ्जलीले बहुराष्ट्रिय कम्पनीहरुलाई कडा चुनौती दिइरहेको छ।

बालकृष्णबालकृष्ण प्रसिद्ध भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी हुन्।

पृष्ठभूमि

बालकृष्णको जन्म नेपालमा भएको थियो र हरियाणाको एक गुरुकुलमा उनले योगगुरु रामदेवसँगै पढाइ गरेका थिए।

सन् १९९५ मा यी दुई जना मिलेर दिव्य फार्मेसीको स्थापना गरे।

सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना भयो।

अहिले पतञ्जलीले श्याम्पूदेखि लिएर अनाज, साबुनदेखि लिएर चाउचाउसमेत बेच्छ।

हुरुनको सूचीमा पहिलो नम्बरमा मुकेश आम्बानी छन्।

उनको कुल सम्पत्ति २ लाख ५७ हजार ९ सय करोड भारतीय रुपैयाँ छ।

त्यो गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको हो।

BBC  Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com