अस्ट्रेलियाको ग्रामीण स्वास्थ्य सेवामा संकट बढ्दै


प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार

अस्ट्रेलियाको ग्रामीण स्वास्थ्य सेवामा संकट गहिरो हुँदै गएको छ । डाक्टरहरूको अभाव र सरकारी स्वास्थ्य प्रणालीको कमजोर व्यवस्थापनले विशेष गरी साना शहरहरूमा नागरिकलाई गम्भीर असर पुर्याइरहेको छ।

अस्ट्रेलियामा अहिले ३० प्रतिशत बिरामीलाई सामान्य चिकित्सकको भेटका लागि औसत लगभग ५ हजार ७०० नेपाली रुपैयाँ शुल्क तिर्नु पर्छ । यो रकम बिरामीको आर्थिक स्थितिमा थप बोझ बनिरहेको छ ।

यस संकटको समाधानका लागि आगामी ३ मेमा हुने संघीय निर्वाचनमा स्वास्थ्य नीति प्रमुख मुद्दा बनेको छ । श्रम पार्टीले अतिरिक्त लगानीको प्रस्ताव गरेको छ ।

तर, विशेषज्ञहरूको भनाइमा यी प्रस्तावहरू पर्याप्त छैनन् । अस्ट्रेलियन मेडिकल एसोसिएशनका अनुसार मेडिकेयर रिबेटहरू मुद्रास्फीतिसँग मेल नखाँदा डाक्टरहरूले शुल्क बढाउन थालेका छन्, जसले बिरामीलाई थप महँगो बनाइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा समान पहुँचको ग्यारेन्टी गर्नका लागि दीर्घकालीन संरचनात्मक सुधार आवश्यक छ ।

यसका लागि डाक्टरहरूको तलब संरचना सुधार, ग्रामीण चिकित्सकहरूको तालिम र भर्ना प्रक्रिया सुदृढ गर्नुपर्नेछ।

स्ट्रीकी बेका स्थानीय नेता पेनी विलियम्सका अनुसार, हामीलाई सुनौलो सेवा चाहिँदैन, तर समान सेवा चाहिन्छ।

उनले भनेका छन्, हामीले तीन पटक स्वास्थ्य सेवाका लागि कर तिर्नु परेको छ । मेडिकेयर कर, स्थानीय कर र ग्याप शुल्क उनले भनेका छन ।

अस्ट्रेलियाले आफ्नो सार्वभौम स्वास्थ्य प्रणालीलाई बचाउनका लागि गम्भीर र दीर्घकालीन सुधारको आवश्यकता छ ।

यदि यस्ता सुधारहरू लागू नगर्ने हो भने, स्वास्थ्य सेवामा भेदभाव र असमानता अझ बढ्न सक्ने संभावना देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com