क्यानडाका प्रधानमन्त्री कार्नीको दावी : राष्ट्रपति ट्रम्पले ५१ औं राज्यको प्रस्ताव औपचारिक रुपमै गरे


प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई अमेरिका को ५१ औं राज्य बनाउने कुरा उठाएको प्रधानमन्त्री मार्क कार्नील पुष्टि गरेका छन ।

राष्ट्रपति ट्रम्पले क्यानाडालाई अमेरिकाको ५१औं राज्य बनाउने विचार मार्च २८ मा क्यानाडाका प्रधानमन्त्री तथा लिबरल पार्टीका नेता मार्क कार्नी सँगको फोन कुराकानीमा पुनः उठाएको खुलासा भएको हो । कार्नीले यो जानकारी बिहीबारको चुनावी पत्रकार सम्मेलनमा दिएका हुन् ।

यो कुराकानी क्यानाडाको निर्वाचन अभियान सुरु भएको पहिलो साता भएको हो । तर यसअघि कार्नीले यो विवरण भने सार्वजनिक गरेका थिएनन् ।

राष्ट्रपतिले यो कुरा सधैंजसो उठाउनु हुन्छ। उहाँले हिजो पनि उठाउनुभयो, पहिले पनि उठाउनु भएको थियो, कार्नीले पत्रकार सम्मेलनमा भनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको दिमागमा यस्ता कुरा छन् । उनले यस्तै कुरा उठाइरहेका हुन्छन । यो त कुनै नयाँ कुरा होइन प्रधानमन्त्री कार्नीले भनेका छन ।

सोमबार हुने क्यानाडाको संघीय निर्वाचनमा ट्रम्पका व्यापारिक कर नीति र क्यानाडालाई अमेरिकामा समावेश गर्ने भनाइ एकदमै संवेदनशील चुनावी मुद्दा बनेका छन् ।
कार्नीले मैले निजी र सार्वजनिक रूपमा यो विषय उठाउने जो–कोहीलाई भनेको छु, राष्ट्रपति ट्रम्पलाई समेत भनेको छु यस्तो कहिल्यै हुनेछैन र हुन दिइने छैन ।

ट्रम्पले कार्नीसंग निकै राम्रो र सकारात्मक कुराकानी भएको भन्दै तर म उनीहरूको चुनावमा संलग्न हुनु उपयुक्त ठान्दिनँ भनेका छन ।

तर ट्रम्पले तटस्थ रहेको दाबी गरे पनि उनी क्यानाडाको चुनावमा महत्वपूर्ण प्रभाव पारिरहेका छन्।

पुनः निर्वाचित भए यता ट्रम्पले बारम्बार क्यानाडालाई ५१औं अमेरिकी राज्य बनाउने कुरा गर्दै आएका छन् । यसले क्यानाडाली नेताहरूलाई चकित तुल्याएको छ ।
जनमानसमा आक्रोश पैदा गरेको छ।

ट्रम्पले पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोलाई गभर्नर भनेर सम्बोधन गरेका थिए । जुन अमेरिकी राज्य प्रमुखको पद हो । ट्रम्पको यस्तो अभिव्यक्तिका साथै व्यापार युद्धको कारण क्यानाडामा राष्ट्रवादी भावना चर्किएको छ ।

स्वतन्त्रताको पक्षमा विचार लामो समयदेखि चलिरहेको क्युबेकजस्ता प्रान्तमा पनि मतदाताहरूले ट्रम्पको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन ।

गत हप्ता फ्रेन्च भाषाको टेलिभिजन बहसमा चारै प्रमुख दलका नेताहरूलाई ट्रम्पको व्यवहारप्रति उनीहरूको धारणा के हो भनेर सोधिएको थियो ।

लिबरल पार्टीका नेता कार्नी र कन्जर्भेटिभ नेता पियर पोइलीएभ दुवैले मतदाताहरूलाई आफैंको दल अमेरिकासँगको व्यापार युद्धको सामना गर्न र आर्थिक अनिश्चितता व्यवस्थापन गर्न सबैभन्दा सक्षम रहेको बताउँदै आएका छन्।

राष्ट्रपति ट्रम्पले क्यानाडाबाट अमेरिका निर्यात हुने सामानहरूमा २५ प्रतिशत सम्मको भन्सार कर लगाएका छन् । यद्यपि व्यापार सम्झौता अन्तर्गतका केही वस्तुहरू भने यसबाट जोगिएका छन्।

यसबाहेक उनले क्यानाडाको स्टिल, एलुमिनियम र अटोमोबाइल उद्योगमा समेत विश्वव्यापी अमेरिकी ट्यारिफ लागू गरेका छन्।

मार्चमा ट्रम्पले क्यानाडामा बनेका अटोमोबाइलमा २५ प्रतिशत ट्यारिफ घोषणा गरेपछि कन्जर्भेटिभ नेता पोइलीएभले राष्ट्रपति ट्रम्पले हाम्रो अटो उद्योगविरुद्ध घोषणा गरेको यो अन्यायपूर्ण र अकारण ट्यारिफको म पूर्ण रूपमा विरोध गर्छु भनेका थिए ।

हाल लिबरल पार्टी सानो अग्रता सहित अघि छ, तर अन्तर क्रमशः घट्दो क्रममा छ । क्यानाडाली ७० लाखभन्दा बढी मतदाताहरूले अर्ली भोटिङ गरिसकेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com