होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरीको पर्स चोरी, थियो तीन हजार डलरसहित महत्त्वपूर्ण सामग्री


प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टकी सेक्रेटरी क्रिस्टी नोएमको पर्स चोरी भएको छ । वासिङ्टन डिसीको एक रेस्टुरेन्टमा आइतबार राति खाना खाने क्रममा उनको पर्स चोरी भएको हो ।

यो घटना इस्टर उत्सवको समयमा भएको हो। ह्वाइट हाउसको इस्टर एग रोल कार्यक्रममा पत्रकारहरूले सोध्दा नोएमले चोरीको घटना भएको स्वीकार गरिन् ।

नोएमको पर्समा तीन हजार डलर नगद, राहदानी, मेकअप ब्याग, डीएचएस पहुँच कार्ड, अपार्टमेन्टको चाबी र अन्य व्यक्तिगत सामानहरू थिए।

डिएचएसका अधिकारीका अनुसार नोएमको परिवार सहरमा आएकोले उनीसँग नगद थियो । उनले इस्टर उत्सवमा परिवारका सदस्यहरूलाई आतिथ्यता प्रदान गरिरहेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोएमको सुरक्षाको जिम्मेवारी लिएको सिक्रेट सर्भिसले रेस्टुरेन्टको सुरक्षा क्यामेरा फुटेजको जाँच गर्दा एक अज्ञात पुरुषले मेडिकल मास्क लगाएर उनको झोला चोरेर रेस्टुरेन्टबाट भागेको देखिएको छ ।

डीएचएस अधिकारीले सिक्रेट सर्भिसले यो घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com