आयरल्याण्डबाट आयात हुने उत्पादनमा १० प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर आयरल्याण्डका उत्पादनहरूमा १० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् । यो शुल्क बिहिबारबाट लागू हुने बताइएको छ ।

उत्तरी आयरल्याण्डका कम्पनीहरूले हरेक वर्ष लगभग १.५ बिलियन युरो मूल्यका उत्पादनहरू अमेरिका निर्यात गर्छन् । औषधि र औद्योगिक मेशिनरीका सामान प्रमुख निर्यात हुने सामान रहेका छन ।

ट्रम्पले समग्र बेलायतमा लागू गरेको शुल्क अन्तर्गत उत्तरी आयरल्याण्डका उत्पादनहरू रहेका छन । आयरल्याण्डका उत्पादनहरूमा २० प्रतिशत शुल्क लाग्नेछ ।

युरोपेली संघ माथि ट्रम्पले लागू गरेका उपायहरूको एक हिस्सा को रुपमा यो शुल्कलाई लिइएको छ । युरोपेली संघका देशहरू मध्ये आयरल्याण्ड अमेरिकी बजारमा सबैभन्दा बढी निर्भर रहने देश हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२४ मा देशका कुल निर्यातमध्ये लगभग तेस्रो स्थानमा अमेरिकामा भएको थियो । जुन ६१ बिलियन युरो बराबर रहेको थियो ।

ट्रम्पले १० प्रतिशत शुल्क बेलायत र २० प्रतिशत शुल्क ईयूमा लगाएका छन् । शुल्कहरू वास्तवमा अन्य देशहरूबाट आयातित वस्तुहरूमा लागू गरिएका करहरू हुन् ।

सरकारहरूले स्थानीय उत्पादकहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट जोगाउनको लागि शुल्क लगाउँछन् ।

बुधबार व्हाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकाको उद्योग पुनर्जीवित भएको दिन र अमेरिकालाई फेरि धनी बनाएको दिनको रूपमा सम्झनु पर्छ भनेका छन ।

उत्तर आयरल्याण्डका प्रथम मन्त्री मिशेल ओनिलले श्रमिक, परिवार र व्यवसायका उत्कृष्ट चासोहरूलाई संरक्षण गर्नु आवश्यक रहेको बताएका छन ।

आयरल्याण्डका प्रधानमन्त्री मिचेल मार्टिनले कुनै पनि प्रतिकारात्मक शुल्क लगाउने इयुको कदमको बारेमा सोचिरहेको बताएका छन् ।

अमेरिकाले लगाएको शुल्कले उत्तर आयरल्याण्डमा कस्तो प्रभाव पार्नेछ भनेर मूल्यांकन गरिरहेको प्रधानमन्त्रीले बताएका हुन ।

आयरल्याण्डको अर्थतन्त्र अमेरिकामा निर्यातको लागि अत्यधिक निर्भर छ । आयरल्याण्ड सरकारका अधिकारीहरूले यस प्रकारको शुल्कको प्रभाव महत्त्वपूर्ण हुने बताए ।

औषधी कम्पनीहरूलाई यस शुल्कको प्रभावबाट बचाउने प्रयास भइरहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com