ट्रम्पको आप्रवासन नीतिको अमेरिकामै विरोध


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

अमेरिकाको डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग गरेका थिए ।
ट्रम्पले आप्रवासन नीतिलाई संसोधन गरी जन्मसिद्ध नागरिकतालाई हटाउने प्रयास गरेपछि अमेरिकी प्राज्ञहरूलेसमेत यसलाई असंवैधानिक निर्णय भनेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै डलासमा विरोध प्रदर्शन भएको हो ।

सिएनएनका अनुसार विरोधमा सहभागीहरूले एकता र देशभक्तिको प्रतीकको रूपमा अमेरिकी झण्डा बोकेका थिए । केहीले महमुद खलिल, खान सूरी र रुमेसा ओजतुर्कका प्रतीक बोकेका थिए ।

ट्रम्प सरकारले आतङ्कवादी सङ्गठनसँग सम्बन्धित गतिविधिको आरोपमा केही विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनमा व्यापक सहभागिता देखिन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्स’का पूर्व राष्ट्रिय अध्यक्ष हेक्टर फ्लोर्सले विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वास्तुकला, कला, खाना, स्वास्थ्य सेवा, शिक्षा र विज्ञान लगायत विभिन्न क्षेत्रमा ल्याटिनहरूको योगदानबारे चर्चा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले आफनो दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकामा रहेका आप्रवासिहरु विरुद्ध कडा कदम चालिरहेका छन ।

कागजातविहिन र विभिन्न आपराधिक कृयाकलापमा सम्लग्नहरुलाई पक्राउ गरि धमाधम डिर्पोट गरिएको छ । कतिपयलाई स्थानीय जेलहरुमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com