म्यानमारको भूकम्प अपडेट : मृतकको संख्या १० हजार पुग्नसक्ने अमेरिकी भूगर्भ सर्भेक्षणको अनुमान


प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

People inspect the debris of a collapsed building in Mandalay on March 28, 2025, after an earthquake. A powerful earthquake killed more than 20 people across Myanmar and Thailand on March 28, toppling buildings and bridges and trapping over 80 workers in an under-construction skyscraper in Bangkok. (Photo by AFP)

म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

भूकम्पमा परेर १ हजार ६७० जना घाइते भएका त्यहाँका सैन्य अधिकारीहरुले बताएका छन ।

म्यानमारमा ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले म्यानमारमा मृत्यु हुनेको संख्या १० हजार नाघ्ने प्रक्षेपण गरेको छ ।

त्यहाँ भएको उच्च हताहती र व्यापक क्षतिले मृतकको संख्या १० हजार नाघ्नसक्ने अनुमान गरिएको अमेरिकी भूगर्भ सर्भेक्षणले बताएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भत्किएका संरचनामा पुरिएका मानिसहरुलाई निकाल्नेक्रम त्यहाँ जारी रहेको छ । म्यानमारमा आएको भूकम्पले थाइल्याण्डमा पनि क्षति पुराएको छ ।

म्यानमारको सत्तारूढ जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि अनुरोध गरेको छ ।

जुन्ताले छ वटा क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com