उत्तर कोरियाद्वारा अर्काे हाइड्रोजन बम परीक्षणको धम्की


प्रकाशित मिति : आश्विन ६, २०७४ शुक्रबार

सोल, ६ असोज (रासस÷एएफपी) : उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोेले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो ।

यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाइएको छ ।

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्काे नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताउनुभएको थियो ।

शुक्रबार न्युयोर्कमा सम्वाददाताहरुसँग उत्तर कोरियाली विदेशमन्त्री रिले उत्तर कोरियाले अर्को र यसअघिको भन्दा अझ शक्तिशाली आणविक परीक्षण गर्ने र सो परीक्षण क्षेप्यास्त्रमा राख्न मिल्ने किसीमको हाइड्रोजन बम हुने बताउनुभयो ।

उहाँको भनाई थियो– मलाई लाग्छ सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुनेछ र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिनेछ ।

विदेशमन्त्री रिले भन्नुभयो– हाम्रो नेता किम जोङ उनको योजना बमोजिम यो परीक्षण हुनेछ र मैले भनेभन्दा अझै ठूलो र शक्तिशाली पनि यो हुन सक्नेछ ।

उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थलको निरीक्षण गरेको जानकारी हालैमात्र बाहिर आएको थियो ।

पश्चिमा देशहरूले यस्तो खालको ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका थिए । तर अहिले सो अशङ्काका बारेमा केही भन्ने गरिएको छैन ।

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा पनि यस्तै हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो ।

उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित पनि भइसकेको छ । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो ।

त्यस समय उत्तरले गरेको सो परीक्षणले झण्डै छ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएको बताइएको थियो । अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा मापन गर्ने काम सुरु भएको छ ।

उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्री रिले दिनुभएको न्युयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com