कोलम्बिया सवाल-जवाफका सात रोचक बुँदा


प्रकाशित मिति : आश्विन ६, २०७४ शुक्रबार

हाल न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कोलम्बिया विश्वविद्यालयका विद्यार्थीसँगको रोचक अन्तरक्रियामा संविधान आफ्नो ठूलो आकारको मन्त्रिमण्डल संविधानसम्मत भएको भन्दै बचाउ गरेका छन्।

तर उनले दुई वर्षअघि संविधानसभाले जारी गरेको संविधानका केही प्रावधानले महिलालाई विभेद गरेको स्वीकार गरेका छन्।

नेपालको कठिन भूराजनीति, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको दुरावस्था, भूकम्पपछिको पुनर्निर्माणसहितका कैयौँ विषयमा विद्यार्थीले रोचक प्रश्न गरेका थिए।

उक्त सवालजवाफका सात रोचक संवाद यस्ता छन्:

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

  • ‘जम्बो’ मन्त्रिपरिषद्को बचाउ: समावेशी लोकतन्त्र र विकासतर्फको नेपालको रुपान्तरण शीर्षकमा भएको उक्त अन्तरक्रियामा प्रधानमन्त्री देउवलाई उनको ‘जम्बो’ आकारको मन्त्रिमण्डलबारे प्रश्न सोधिएको थियो। त्यसको जवाफ दिंदै उनले भने, “संसदको कुल सदस्य संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानले गरेको छ। ६० जनालाई मन्त्री बनाउन मिल्छ तर अहिले पनि त्यो सीमाभन्दा कम नै मन्त्री बनाएको छु।” देउवाको मन्त्रिमण्डलमा २६ राज्यमन्त्रीसहित ५६ सदस्य छन्। प्रधानमन्त्री देउवाले भने जस्तै कुल सदस्य संख्याको १० प्रतिशत मन्त्री बनाउन पाउने व्यवस्था संविधानमा छैन। बरु संविधानले अब केन्द्रीय संसद् निर्वाचित भएपछि मन्त्रिमण्डलमा २५ जनाभन्दा बढी सदस्य राख्न नपाउने व्यवस्था गरेको छ।
  • संविधान र विभेद: संविधाले तराईका मधेशी समुदाय र महिलालाई विभेद गरेको भन्नेबारे प्रधानमन्त्रीलाई विद्यार्थीहरुले तीखा प्रश्न गरेका थिए। एकजनाले त मधेशीहरुलाई नागरिकको हैसियत नै प्राप्त नभएको भनेर प्रश्न गरेपछि देउवाले त्यस्तो अवस्था नरहेको जवाफ दिए। उनले तराईका कतिपय समुदायका माग पूरा गर्न संविधान संशोधनको प्रयास गरे पनि त्यो विफल भएको उल्लेख गर्दै समझादरीका आधारमा संविधान सशोधन गरेर ती मागहरु सम्बोधन गर्न सकिने बताए। विदेशी महिला बिहे गरेका नेपाली पुरुषका सन्तानलाई वंशजका आधारमा तर विदेशी पुरुष विहे गर्ने नेपाली महिलाका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था विभेदकारी भएको भन्दै एक नेपाली विद्यार्थीले सोधेको प्रश्नमा शुरुमा देउवाले भारतमा बिहे गरेका नेपाली महिलाले त्यहाँको नागरिकता पाउन सात वर्ष बिताउनुपर्ने जवाफ दिए। तर ती विद्यार्थीले सन्तानलाई दिने नागरिकतामा चाहिँ किन विभेद भनेर सोधेपछि उनले ‘केहि तलमाथी परेको’ र आफू व्यक्तिगत रुपमा वंशजकै आधारमा नागरिकता दिनुपर्ने पक्षमा रहे पनि अरुलाई विश्वासमा लिन नसकेको बताए।
  • भारत र चीन: भारत र चीनबीच सन्तुलन कायम गर्ने चूनौतीबारे पनि प्रधानमन्त्रीलाई प्रश्नहरु सोधिए। त्यस क्रममा उनले भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राख्नु नेपालको राष्ट्रिय स्वार्थमा भएको र दुवै देशले नेपालको संवेदनशीलता बुझेको जवाफ दिए।
  • छाउपडी नियन्त्रण र स्वास्थ्य सेवा: छाउपडी प्रथालाई कसुर कायम गर्ने कानून पारित भएकोमा प्रधानमन्त्रीलाई एक छात्राले त्यसलाई कसरी कार्यन्वयन गर्नुहुन्छ भनेर सोधेकी थिइन्। देउवाले नेपालको थौरै भूगोलमा मात्र त्यस्तो प्रथा रहेको भन्दै यदि उजुरी आए प्रहरी लगाएर भएपनि उक्त प्रथा नियन्त्रण गर्ने बताए। स्वास्थय सेवाको पहुँचबारेको प्रश्नमा प्रधानमन्त्रीले नेपालका चिकित्सकहरु दुर्गम गाउँमा काम गर्न जानभन्दा पनि युरोप, अमेरिका आउन इच्छुक रहेको जवाफ दिए। तर अबको १० वर्षमा घर-घरमा स्वास्थ्य सेवाको पहुँच पुग्ने आफूलाई लागेको प्रधानमन्त्रीले उल्लेख गरे। नेपालका अस्पतालहरुमा दोभाषे नुहँदा बोल्न र सुन्न नसक्ने व्यक्तिहरुले चिकित्सकसँग संवाद गर्न नसेकेको प्रश्न त्यस्ता खालका व्यक्तिको प्रतिनिधित्व गर्ने इन्जिनिरियरिङ अध्यन्न गरिरहेका एकजना विद्यार्थीले सोधेपछि त्यसबारे आफूले नेपाल फर्किएर कदम चाल्ने प्रधानमन्त्रीले जवाफ दिए।
  • भूकम्प र पुनर्निर्माण: सन् २०१५ को विनाशकारी भूकम्पमा परेर पनि बाँचेको सन्दर्भ सम्झिंदै एक चिनियाँ छात्राले मनोसामाजिक समस्या खेपिरहेका भूकम्प प्रभावितलाई सरकारले कस्तो मद्दत गरिरहेको छ भनेर सोधेकी थिइन्। प्रधानमन्त्री देउवाले नेपालीहरु धेरै बहादुर रहेको जवाफ दिंदै केही भएको थिएन जस्तो ठानेर मानिसहरु अघि बढिरहेको जवाफ दिए। मानिसहरुले भूकम्पलाई बिर्सिसकेको प्रधानमन्त्रीले र एकदमै थौरैले मात्र ‘ट्रमा’ महसुस गरेको उनको भनाई थियो। तर भूकम्पबाट मानिसहरुले शिक्षा लिएर सुरक्षित घर बनाइरहेको भन्दै उनले भविष्यमा आउने भूकम्पबाट दुई वर्षअघिको क्षति परिमाणमा क्षति नहुने धारणा राखे।
  • गोर्खा सैनिक भर्ती: नेपालीहरुले ब्रिटेनको सेनामा किन काम गरिरहेको भन्ने आशयको प्रश्नको जवाफमा देउवाले बेरोजगारीको प्रसंग निकालेका थिए र ब्रिटेनसँग भएको सन्धि अनुसार गोर्खा सैनिकका रुपमा भर्ना हुन युवाहरु इच्छुक रहेको उल्लेख गरेका थिए।
  • ख्याल ठट्टाप्रधानमन्त्रीलाई मनपर्ने नेपाली कालाकार को हो भनेर सोधिएको प्रश्नमा हाँस्दै देउवाले एकजनाको नाम भन्यो भने अरु मसँग रिसाउँछन भन्ने जवाफ फर्काएका थिए। सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले आफू उत्कृष्ट जवाफ दिने खालको व्यक्ति नभएको भन्दै सहभागीहरुसँग माफी मागेका थिए। आफ्नो परम्परागत शैलीमा नै उक्त अन्तरक्रियामा देउववाले छोटा र सीधा उत्तरहरु दिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com