प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

मतगणना
मतगणनामा ढिलाइ भएको भनेर गुनासो गरिएको छ

प्रदेश नम्बर दुईको सोमबार भएको स्थानीय चुनावका प्रारम्भिक मतपरिणामहरुमा नेपाली कांग्रेस अगाडी देखिएको छ भने नेकपा एमाले तथा तराई केन्द्रीत दलहरुले उसलाई पछ्याइरहेका छन्।

कूल १३६ स्थानीय तह मध्ये अधिकांशमा मतगणना जारी छ।

तर मतगणना निकै ढिलो गतिमा भइरहेको भनी त्यहाँ असन्तुष्टि देखिएको छ।

मतगणनामा पहिलो र दोस्रो चरणमा ढिलाइ भए जस्तै तेस्रो तरणमा पनि ढिलाइ भइरहेकोछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आशंका

मतगणनामा ढिलाइ हुँदा उम्मेदवार तथा सर्वसाधारण आक्रोशित देखिए।

कतिपयले मतगणनामा गडबडी हुन सक्ने आशंका पनि व्यक्त गरे।

निर्वाचन आयोगले मतगणनालाई पाँच दिन भित्र सम्पन्न गर्न कर्मचारीहरु थप गरिएको जनाएकोछ ।

तर उम्मेदवारहरुको प्रतिनिधि उपलब्ध नहुँदा समस्या देखिएको आयोगले जनाएको छ।

कारण

आयोगका प्रवक्ता नवराज ढकालले भने,”धेरै राजनीतिक दलहरुको कतिपय स्थानमा चाहिँ पर्याप्त प्रतिनिधिहरु समयमा उपलब्ध हुन सकेनन्। हामीले योजना गरेको ३२८ समूहबाट गणना गर्ने भनेको हो र ३३२ संख्या बनायौं। धेरै मतदाता भएको ठाउँमा १० वटा समूह बनाउने भनेको तर बीरगञ्जको हकमा ८ वटा मात्र बनेको छ।”

निर्वाचन आयोगका अनुसार हालसम्म धनुषाको हंसपुर नगरपालिका र २४९ वडाको मतपरिणाम सार्वजनिक भएको छ।

जसमा सप्तरीका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्साका १३ वटा वडा छन्।

तर मतगणना अझै निर्णायक चरणमा प्रवेश गरेको छैन।

अग्रता

प्रारम्भिक चरणको मतगणनामा नेपाली काँग्रेस अगाडि देखिएको छ।

नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच पनि प्रतिष्पर्धा भैरहेको छ।

मतगणना जारी रहेकोले अग्रता छिटो छिटो परिवर्तन भइरहेको छ।

तर पहिलो र दोस्रो हुने दलहरुबीच फराकिलो अन्तर हुने संभावना कम छ।

विवाद

दलहरुले दावी गरे अनुसारको परिणाम आइरहेको छैन।

सबै दलहरुमा टिकट वितरणमा देखिएको असन्तुष्टिको प्रभाव परिणाममा देखिन थालेको छ।

प्रदेश नम्बर २ मा १ सय ३५ स्थानीय तहकालागि भएको चुनावको मतगणना भइरहेकोछ।

केही ठाउँहरुमा विवाद हुँदा मतगणना रोकिने पनि गरेको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com