मेक्सिको भूकम्प: विद्यालयभित्र पुरिएका कैयौं विद्यार्थीको मृत्यु


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

मेक्सिकोमा भूकम्पपछिको उद्धारमा खटिएका टोलिहरुले एक विद्यालको भग्नावशेष मुनि पुरिएका हुनसक्ने तीन जना विद्यार्थीलाई जीवितै उद्धार गर्ने प्रयास गरिरहेका छन्।

मेक्सिकोमा रहेकी बीबीसीकी रजनी वैद्यनाथन भन्छिन्, “उद्धारकर्ताहरुले भनिरहेका छन् विद्यालभित्र कम्तीमा तीन जना विद्यार्थी अझै पनि जीवितै छन्। उनीहरका अनुसार एक १३ वर्षे बालिका टेबुल मुनि रहेकी छिन्। तर उनीहरुले त्यसबाहेक थप जानकारी दिएका छैनन्।”

भूकम्पका कारण २२० जना भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

मंगलबारको भूकम्पपछि भत्किएको मेक्सिको सिटीको एक विद्यालयमा २१ जना केटाकेटीको र पाँच जना वयस्क व्यक्तिको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्धारकर्ताहरुको भनाइमा त्यो विद्यालयको भग्नावशेषमा अझै तीन जना जीवितै छन्।

मेक्सिको भूकम्पका दृश्य

खोज

भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन्। भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ।

पृथ्वीको माथिल्लो सतहमा गएको ‘श्यालो’ भूकम्प ७.१ म्याग्निच्युड्को रहेको बताइएको छ। जसका कारण मेक्सिको भरी २३० जनाको ज्यान गएको बताइएको छ।

भत्किएको एक विद्यालयबाट एक बालिकाको जीवितै उद्धार भएपछि भग्नावशेषभित्र जीवितै रहेका हुनसक्ने अन्य मानिसको खोजी कार्यलाई तीव्रता दिइएको छ।

भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन्। राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

मेक्सिको भूकम्पको उच्च जोखिममा रहेको देश हो। त्यहाँ केही साता अघि ८.१ म्याग्निच्युडको भूकम्पपछि ९० जनाको ज्यान गएको थियो।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com