बेलायतले गर्यो युक्रेनलाई २.२६ विलियन पाउण्ड ऋण सहयोग, रुसको सम्पतिबाट असुल गरिने


प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

बेलायतले युक्रेनलाई २.२६ विलियन पाउण्ड ऋण सहयोग गरेको छ । यो सहयोग युक्रेनले हतियार किन्न वा हतियार निर्माण गर्न खर्च गरिने बताएको छ ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मर र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच लण्डनमा भएको वार्तापछि बेलायतले युक्रेनलाई यो परिमाणको सहयोग गरेको हो ।

तर यो ऋण युक्रेनले बेलायतलाई तिर्नुपर्ने छैन । बेलायतले यो रकम रुसबाट जफत गरिएको सम्पतिबाट असुल उपर गर्नेछ ।

तनावपूर्ण अमेरिका भ्रमणपछि बेलायत पुगेका जेलेन्स्कीले असल साथीको रुपमा स्टार्मरको प्रशंसा गरे । ट्रम्प र जेलेन्स्कीकाबीचमा ओभल हाउसमा झगडा भएपछि तत्काल स्टार्मर ले दुबैजनालाई फोन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री कीरले ट्रम्प र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग फोनमा कुरा गरेका थिए । प्रधानमन्त्रीले आइतबार लन्डनमा युरोपेली नेताहरूको सम्मेलन आयोजना गरेका छन ।

सम्मेलनमा रूस युक्रेन युद्धको अन्त्यका लागि भएका प्रयास र युरोपको सुरक्षा विषयमा छलफल केन्द्रीत हुनेछ ।

यो सम्मेलनमा जेलेन्स्कीले पनि सहभागिता जनाउने बताइएको छ । पछिल्ला हप्ताहरूमा प्रधानमन्त्री कीरले आफूलाई अमेरिकी र युरोप बीचको सेतुको रूपमा प्रस्तुत गर्न खोजेका देखिएको छ ।

ट्रम्प प्रशासन युरोपेली सुरक्षा मामिलामा कम संलग्न हुने चाहना राखेको देखिएको छ । स्टारमरले युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीको खोजीमा पनि मध्यस्थताको प्रयास गरिरहेका छन ।

शुक्रबार साँझ ट्रम्प र जेलेन्स्कीलाई फोन गरेर उनीहरूको विवादको पछाडि स्थितिलाई स्टार्मरले बताएका थिए ।

युक्रेनको समर्थनमा बेलायती सडकमा भिड देखिएपछि युद्धको सुरुवात देखि समर्थन र सहयोग गरेको भन्दै प्रधानमन्त्री स्टार्मर र बेलायती जनतालाई जेलन्स्कीले आभार प्रकट गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com