ट्रम्पले गरे जेलेन्स्कीको प्रशंसा : जेलेन्स्कीप्रति ‘धेरै इज्जत’ छ


प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई तानाशाह नभनेको बताएका छन । ट्रम्पले भने ‘मैले त्यस्तो भनेको हो ? म विश्वास गर्न सक्दिन कि मैले त्यस्तो भने।’

यूक्रेनी राष्ट्रपति जेलन्स्कीप्रति ‘धेरै इज्जत’ रहेको समेत ट्रम्पले बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्की र राष्ट्रपति ट्रम्पकाबीचमा शुक्रबार भेटवार्ता र खनिज सम्बन्धि महत्पूर्ण सम्झौता हुँदैछ ।

आफुले जेलेन्स्कीलाई तानाशाह भनेको आफैलाई विश्वास नरहेको भन्दै उनले जेलेन्स्की धेरै बहादुर नेता भएको बताए ।

ट्रम्पले यूक्रेन र रुस बीचको युद्धको अन्त्यका लागि बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँगको वार्तापछि पत्रकार सम्मेलनलाई संबोधन गर्दै थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार जेलेन्स्कीसँग हुने वार्ता धेरै राम्रो हुने र शान्ति प्राप्तिका सफल हुने विश्वास उनले गरेका छन ।

राष्ट्रपति ट्रम्पले सुरुमा जेलन्स्कीलाई युद्धको जिम्मेवार ठहराउँदै, शान्ति वार्ता सुरु नगरेकोमा आलोचना गरेका थिए।

जेलन्स्कीले आफ्नो देशको लागि शान्ति सम्झौतासँग सम्बन्धित सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने आशा गरेका छन ।

ट्रम्पले भने कि यूक्रेनी खनिज क्षेत्रमा अमेरिकी उत्खनन कम्पनीहरूको उपस्थिति भविष्यमा रुसको आक्रमणको बिरुद्ध रोकथामको रूपमा काम गर्ने बताएका छन ।

रुस र य्ुक्रेनबीचको युद्ध छिटो समाधान गर्ने आफनो प्रतिबद्धता रहेको भन्दै शान्तिको अभियानमा कसैलाई पनि बाहिर राख्न नचाहेको उनले स्पष्ट पारे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com