चिनियाँ अमेरिकी राष्ट्रपति वार्ता


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

बेइजिङ, ३ असोज : चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ ।

उहाँहरुबीच अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै हुनुहुन्छ ।

अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उहाँहरुबीच फोनवार्ता भएको जानकारी चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको छ ।

सो फोनवार्ताका क्रममा चीनले अमेरिकासँग सहकार्य गर्ने र यसबाट आपसी हितका क्षेत्रमा आगामी दिनमा पनि मिलेर काम गर्ने वातावरण निर्माण भएको जानकारी चिनियाँ राष्ट्रपति चिनफिङले दिनुभएको बताइएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

राष्ट्रपति चिनफिङले अमेरिकी राष्ट्रपतिको चीन भ्रमण दुवै देशका लागि एक ऐतिहासिक उपलब्धि हो भन्दै यसबाट दुई देशका लागि साझा फाइदा पुग्ने धारणा राख्नुभएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

सो फोनवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू चीनको भ्रमणमा आउन प्रतिक्षारत रहेको बताउनुभएको थियो ।

साथै यस भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पु¥याउने र यसले द्विपक्षीय हित र आपसी फाइदाका नयाँ सम्भावनाहरुको ढोका खोल्ने राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।

साथै उहाँहरुले हालैका केही दिनयता उत्तर कोरियाले आणविक परीक्षणहरुलाई निरन्तरता दिइरहेकोले यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनाव कमगर्ने विषयमा पनि कुराकानी भएको थियो ।

उहाँहरुबीच गएको दुई हप्तायतामात्र दुई पटक फोन वार्ता भएको सिन्ह्वाले जानकारी दिएको छ । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेपछि पनि उहाँहरुबीच फोनवार्ता भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com