नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेटले विजयी रहयो ।

पहिलो ब्याटिङको निम्तो पाएको हंगकंग ३३ औं ओभरमा ७६ रनमै अलआउट भएको थियो । नेपालले पहिलो ओभरमै पेस बलर नन्दन यादवलाई चोटका कारण गुमाएको थियो । उनको स्थानमा बलिङ गरेका अनिल साहले त्यसै ओभरमा सफलता दिलाए । हंगकंगका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन जोडे । कप्तान झाथावेदले १६ र वकास खानले १५ रङ बनाउनु बाहेक अन्य कसैले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालको लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले ३/३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र अनिल साहले पनि १/१ विकेट हात पारे । २ विकेट रनआउटमा गुमेको थियो ।

७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै १५ औं ओभरमा लक्ष्य प्राप्त गर्‍यो । ओपनर आसिफ शेख १ रन जोड्दै तेस्रो ओभरमा आउट भए । अर्का ओपनर सन्दिप सुनारले १९ रन र अनिल साहले १६ रन जोडे । कप्तान दिपेन्द्र सिंह ऐरीले अर्वाधिक २२ रनको योगदान दिए । १९ रनमा अविजित रहेका प्रनित थापा मगरले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई विजयी बनाएका थिए । हंगकंगका करनदिप सिंहले ३ तथा झाथावेदले २ विकेट लिए ।

यस जितसँगै नेपालले यू१९ एसिया कपमा आफ्नो सहभागिता पक्का गरेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com