हवाईमार्गबाट जोडियो भरतपुर र पोखरा


प्रकाशित मिति : भाद्र ३०, २०७४ शुक्रबार

– विमल खतिवडा, चितवन
भाद्र ३०, २०७४-मुलुककै मुख्य २ पर्यटकीय गन्तव्य सौराहा र पोखरा हवाई मार्गबाट जोडिएका छन् । दुवै पर्यटकीय क्षेत्रलाई जोड्ने काम भने बुद्ध एयरले गरेको हो ।

शुक्रबार भरतपुर–पोखरा पहिलो उडान भएको छ । पोखराबाट जहाज चढेर आएका प्यासेन्जरलाई भरतपुर विमानस्थलमा खादा लगायर स्वागत गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक स्तर उन्नतिको क्रममा रहेकाले पर्यटक आगमन प्रभावित भएको भन्दै पर्यटन व्यवसायीको आग्रहमा बुद्ध एयरले भरतपुर–पोखरा उडान सुरु गरेको हो । अब नियमित उडान हुने बुद्ध एयरका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए । विमानमा १८ जना यात्रु आए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पोखराकालागि आन्तरिक पर्यटकले ३ हजार ६ सय ५० रुपैयाँ बुझाउनु पर्ने छ । त्यस्तै विदेशी पर्यटकका लागि ९२ डलर पर्ने छ । आवश्यकता अनुसार उडान थप गर्न सकिने प्रबन्धक बस्नेतले बताए ।

सौराहाका पर्यटन व्यवसायी पहिलो उडानमा पोखरा गए । पर्यटन प्रवर्द्धन गर्न क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे सहितको टोली जहाज चढेर पोखरा गएको हो । १३ वर्षअघि पोखरा–भरतपुर सांग्रीला एयरले उडान सुरु गरेको थियो । पछि स्काई लाइन एयरले पनि उडान सुरु गर्‍यो । प्रतिस्पर्धाले गर्दा ८ महिना भन्दा बढी उडान हुन नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com