सर्प वर्गको स्वागत गर्दै न्युयोर्कका गुरुङ समुदायले मनाए ल्होसार


प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

न्यूयोर्कमा तमु समुदायले सप्रि ल्हो ल्होसार भव्य रूपमा मनाएको छ। गुरुङ समुदायले परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै शुभकामना आदानप्रदानको माध्यमबाट पर्वलाई विशेष बनाएका हुन्। न्यूयोर्क र न्यूजर्सीका गुरुङ समुदायहरूको सहकार्यमा यो पर्व सफलतापूर्वक सम्पन्न भएको हो।

नयाँ वर्ष २०२५ को आगमनसँगै गुरुङ समुदायले आफ्नो प्रमुख परम्परागत पर्व, तमु ल्होसार मनाए। “ल्होसार” भन्नाले नयाँ वर्षको सुरुवातलाई जनाउँछ, जसले गुरुङहरूको नयाँ वर्षको थालनी गर्दछ। तमु पायो शास्त्रअनुसार, तमु ल्होसारको दिन तमु समुदायका प्रथम महापुरुषको जन्म भएको मानिन्छ। यस अवसरमा १२ वटा जनावरका नामबाट चिन्हित वर्षहरूको चक्रअनुसार नयाँ वर्षको आरम्भ हुने विश्वास गरिन्छ।

कार्यक्रममा सहभागी न्युयोर्क राज्य संसदका सांसदहरु जोन लिउ, स्टीभन रागा लगायत । फोटो: शम्भु तामाङ

तमु पात्रोअनुसार, तमु ल्होसार २०८१ साल सर्प वर्ग (सप्री-ल्हो) को वर्ष हो। गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, र हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु ल्होसार विशेष सांस्कृतिक कार्यक्रम, भोज, नाचगान, र परम्परागत रीतिरिवाजका साथ उल्लासपूर्वक मनाइन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँवर्ष प्रारम्भ हुने वित्तिकै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर धनुषकाँड खेलेर वर्षको विदा गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ‘ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ‘ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

फोटो: शम्भु तामाङ

न्यूयोर्कस्थित तमु परिवारले घाटु, सोरठी, कृष्णचरित्र, र कौडा नाचजस्ता परम्परागत सांस्कृतिक प्रस्तुति दिएका छन्। साथै मृगको शिकार गरेको दृश्यसहित धनुकाँड समेत प्रदर्शन गरिएको थियो ।  यी कार्यक्रमहरूले गुरुङ संस्कृतिको धनी इतिहासलाई उजागर गरे। नेपाली समुदायमा विभिन्न जातजातिका बीचको एकता र सद्भावको उदाहरण प्रस्तुत गर्दै, कार्यक्रममा सहभागीहरूले पर्वको महत्त्वलाई थप बलियो बनाएका छन्।

कार्यक्रममा न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु स्टीभन रागा र जोन लिउको समेत उपस्थीति रहेको थियो । उनीहरुले तमु समुदायका विभिन्न व्यक्तित्वहरुलाई प्रशंसापत्रहरु समेत प्रदान गरेका थिए भने तमु ल्होसारको अवशरमा सबैलाई शुभकामना दिएका थिए ।

नेपाली समाजमा चाडपर्वले महत्वपूर्ण स्थान राख्छ। पछिल्ला दिनहरूमा अन्य समुदायहरूले पनि आफ्ना मौलिक चाडपर्व मनाउन थालेका छन्, जस्तै, तामाङ समुदायको ल्होसार, किराँत समुदायको उँधौली-उँभौली, र मगर समुदायको भूमे पर्व। यी पर्वहरूले नेपाली संस्कृतिको विविधतालाई झल्काउँछ।

तमु ल्होसारको अवसरमा तमु समाज न्यूयोर्कका अध्यक्ष मनिता गुरुङले अमेरिकामा बसेर पनि गुरुङ संस्कृतिलाई संरक्षण गर्न यस्ता कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो। उहाँले गुरुङ समुदायको परम्परा र संस्कृतिलाई जीवित राख्न यस्ता चाडपर्व महत्त्वपूर्ण हुने बताउँदै सबैलाई शुभकामना व्यक्त गर्नुभयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com