ट्रम्पद्धारा अमेरिकाको कामदार भिसा एच वान बीको बचाउ


प्रकाशित मिति : पुस १३, २०८१ शनिबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले उच्च दक्षता भएका विदेशी कामदारलाई अमेरिका आउन दिन अनुमति दिने भिसा कार्यक्रमको बचाउ गरेका छन् ।

यो विषयले यो हप्ता उनका समर्थकहरूलाई विभाजित पारेको थियो ।

ट्रम्पले द न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा भने ‘म एच वान बी मा विश्वास राख्छु’, उनले विदेशी कामदारलाई विशेष कामका लागि अमेरिका आउन दिने भिसाको कार्यक्रमप्रति समर्थन व्यक्त गर्दै उनले भनेका हुन ।

पहिलो कार्यकालमा ट्रम्पले विदेशी कामदार भिसामा पहुँचलाई सीमित गरेका थिए । यसअघि उनले यो कार्यक्रमको आलोचना पनि गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर २०२४ को चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट स्नातक गरेका केही विदेशी कामदारलाई कानुनी हैसियत दिने विषयमा खुलापन देखाएका थिए ।

‘म सधैं यी भिसालाई मन पराउँछु, म सधैं यी भिसाको पक्षमा छु । त्यसैले त हामीसँग यी भिसा छन्’, ट्रम्पले भनेका छन ।

‘मेरो सम्पत्तिहरूमा धेरै एच वान बी भिसाधारीहरू छन् । म यसमा विश्वास राख्छु । मैले यसलाई धेरै पटक प्रयोग गरेको छु । यो राम्रो कार्यक्रम हो’, उनले थपे ।

उद्यमी इलोन मस्क र विवेक रामास्वामीले विदेशी कामदार भिसा कार्यक्रमको बचाउ गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

रामास्वामीलाई ट्रम्पले हालै सिर्जना गरिएको सरकार दक्षता विभागको नेतृत्वका लागि नियुक्त गरेका छन् ।

मस्क र रामास्वामीको बचाउले ट्रम्प समर्थक कट्टरपन्थीहरूबाट आलोचना हुने संभावना बढाएको छ । ति कट्टरपन्थीहरूले आप्रवासनलाई सीमित राख्नु पर्ने मान्यता राख्दै आएका छन ।

मस्क, दक्षिण अफ्रिकामा जन्मिएका थिए । आफ्नो आमाको माध्यमबाट क्यानाडेली नागरिकता पाए ।

अमेरिकी विद्यार्थीका रूपमा अमेरिका आए । एच वान बी भिसामा काम गरेका थिए । मस्क र रामास्वामीको बचाउको विरोध विशेष गरी आप्रवासन विरोधी ट्रम्प समर्थकहरूबाट भएको छ ।

एच वान बी भिसा कार्यक्रमले हरेक वर्ष ६५ हजार दक्ष कामदारलाई विशेष कामका लागि अमेरिका आउन अनुमति दिन्छ ।

अमेरिकी विश्वविद्यालयबाट उन्नत डिग्री हासिल गरेका थप २० हजार कामदारलाई भिसा दिन्छ ।

अर्थशास्त्रीहरूले यस कार्यक्रमले अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धा कायम राख्न र व्यवसाय विस्तार गर्न मद्दत गर्ने तर्क गरेका छन् । जसले अमेरिका भित्रै नयाँ रोजगारी सिर्जना गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com