नेपाली अमेरिकन कलाकार संघद्वारा डिसेम्बर २८ मा न्यूयोर्कमा “रमझम साँझ २०२४”


प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

नेपाली अमेरिकन कलाकार संघले आगामी डिसेम्बर २८, २०२४ मा न्यूयोर्कमा “रमझम साँझ २०२४” सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। संघले एक पत्रकार भेटघाट मार्फत कार्यक्रमको उद्देश्य, तयारी र सहभागी कलाकारहरूको बारेमा जानकारी दिएको हो।

संघका वरिष्ठ उपाध्यक्ष विमल डाँगीका अनुसार यो कार्यक्रम नेपाली कला, संस्कृति र परम्पराको मौलिकतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न तथा नेपाली कलाकारहरूको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा नेपाली कला, भाषा र भेषभूषाको माध्यमबाट प्रवासी नेपाली समुदायको पहिचान र प्रवर्द्धनलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। सहभागी कलाकारहरूमा राजेशपायल राई, राजन ठुकुरी, सिर्जना बिरही थापा, नृत्य निर्देशक शंकर बीसी, शिव बीके, बाबु थापा, र नृत्य तथा मोडल कलाकारहरू पार्वती राई र रश्मी तामाङ लगायतको नाम समावेश छ। महासचिव संगिता थापाका अनुसार कार्यक्रममा लोक दोहोरी, आधुनिक गीत संगीत र विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थापाले यो कार्यक्रम अघिल्लो वर्षको यस्तै कार्यक्रमको निरन्तरता भएको बताउँदै नेपालबाट चर्चित कलाकारहरू ल्याएर आयोजना गर्न लागिएको जानकारी दिइन्। कार्यक्रम बेलुका  ७:३० बजे देखि राति २ बजेसम्म सञ्चालन हुनेछ। टिकट शुल्क रेगुलर प्रवेशका लागि ५० डलर र विशिष्ट प्रवेशका लागि १००  डलर तोकिएको छ।

संघले क्रिसमस २०२४ तथा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा कार्यक्रम आयोजना गर्न लागेको हो। अध्यक्ष बसन्ती राईले कार्यक्रममा साकेला, कौडा र सालैजो नृत्य प्रदर्शन प्रमुख आकर्षण हुने बताइन्। पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष बसन्ती राई, पूर्वअध्यक्ष निसा सुनार, महासचिव संगिता थापा लगायत विभिन्न कलाकार र पत्रकारहरूको उपस्थिति थियो।

नेपाली अमेरिकन कलाकार संघ अमेरिकामा रहेका नेपाली कलाकारहरूको साझा मञ्चका रूपमा क्रियाशील छ। संघले यस प्रकारका कार्यक्रमहरूद्वारा कला र संस्कृति संरक्षणमा योगदान गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com