बाइडेन र ट्रम्पको भेट, सत्ताको सहज हस्तान्तरण हुने बाइडेनद्धारा स्पष्ट


प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार

President Joe Biden meets with President-elect Donald Trump in the Oval Office of the White House, Wednesday, Nov. 13, 2024, in Washington. (AP Photo/Evan Vucci)

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबिचमा ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

बाइडेनले सरकारको हस्तान्तरणको संकेतका रूपमा लामो समयदेखि चलिआएको परम्पराअनुसार ट्रम्पलाई भेट्न आमन्त्रित गर्नुभएको अपेक्षा गरिएको छ ।

जुनको अन्त्यतिर भएको राष्ट्रपतिको बहसपछि पहिलो पटक यी दुई नेताहरूबीच भेट भएको हो । त्यसपछि बाइडेनले पुनःनिर्वाचनको अभियान अन्त्य गर्ने निर्णय गर्नुभएको थियो ।

सन् २०२० मा ट्रम्पले जो बाइडेनलाई आमन्त्रित गर्न अस्वीकार गर्नुभएको थियो । किनकि ट्रम्पँले चुनाव नहारेको झूठो दाबी गरिरहनु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बताइएको छ । यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुग्नु भएको थियो । जसमा उहाँले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहनु भएको थियो ।

बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पार्नुभयो । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभएको बताइएको छ ।

नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गर्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com