इजरायलमा नयाँ रक्षामन्त्री नियुक्त भएपछि विरोध प्रदर्शन , अमेरिकाले भन्यो सहकार्य गर्न तयार छौ


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

इजरायलका रक्षामन्त्री योआभ ग्यालान्टलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बर्खास्त गरेपछि विरोध प्रदर्शन सुरु भएको छ ।

नेतान्याहुले ग्यालान्टसँगको सम्बन्धमा विश्वासको संकट आएको ले हटाउनु परेको बताउनु भएको छ । ग्यालान्टको स्थानमा परराष्ट्रमन्त्री इजरायल काट्जलाई नियुक्त गरिएको छ ।

हटाइएपछि ग्यालान्टले सामाजिक सञ्जालमा इजरायलको सुरक्षा मेरो जीवनको मुख्य उद्देश्य रहिरहनेछ भन्दै प्रतिक्रिया दिनुभएको छ । उहाँले यसअघि युद्धकै बीच भए पनि हमाससँग बन्धक सम्झौतालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो ।

नेतान्याहु र ग्यालान्टको सम्बन्ध लामो समयदेखि तिक्ततापूर्ण रहँदै आएको छ । गत वर्ष इजरायलको युद्ध रणनीतिमा तीव्र मतभेद र विवाद भएको खबर सार्वजनिक भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व रक्षामन्त्री ग्यालान्ट इजरायलका अल्ट्रा अर्थोडक्स नागरिकहरूलाई सैन्य सेवाबाट छुट दिने योजनामा पनि असन्तुष्ट रहनु भएको थियो ।

गाजाको युद्ध सुरु हुनु केही महिनाअघि सन् २०२३ को मार्चमा नेतान्याहुले राजनीतिक मतभेदका कारण ग्यालान्टलाई हटाउनु भएको थियो । तर जनताको व्यापक विरोधपछि उहाँलाई पुनः नियुक्त गरिएको थियो ।

तर, मंगलबार नेतान्याहुले युद्धको मध्यमा प्रधानमन्त्री र रक्षामन्त्रीबीच पूर्ण विश्वास आवश्यक रहेको बताउदै बर्खास्तीको बचाउनु गर्नुभयो ।

ग्यालान्टको बर्खास्तीको समाचार आएलगत्तै, नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । धेरै प्रदर्शनकारीले नयाँ रक्षामन्त्रीलाई बाँकी रहेका गाजाका बन्धकहरूको रिहाइलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन् ।

हमासद्वारा ७ अक्टोबरमा अपहरण गरिएका व्यक्तिहरूका परिवारहरूको समूहले पनि ग्यालान्टलाई बर्खास्त गरिएकोमा विरोध जनाउँदै यो कदमले बाँकी रहेका बन्धकहरूको रिहाइको सम्झौतामा बाधा पु¥याउने प्रयास भएको बताएका छन् ।

ग्यालान्टको स्थानमा नियुक्त गरिएका काट्ज थप कठोर सैन्य रणनीतिका लागि प्रख्यात मानिनुहुन्छ ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनकै दिन ग्यालान्टलाई बर्खास्त गरिएको खबर इजरायली मिडियामा चर्चाको विषय बनेको छ । ग्यालान्टको ह्वाइट हाउससँग नेतान्याहु भन्दा राम्रो सम्बन्ध रहेको मानिन्छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को प्रतिनिधिले ग्यालान्ट इजरायलको सुरक्षासम्बन्धी मामिलामा महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नयाँ रक्षामन्त्रीसँग पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

विश्लेषकहरूले नेतान्याहु अल्ट्रा अर्थोडक्स नागरिकहरूलाई सैन्य सेवाबाट छुट दिने विधेयकलाई अघि बढाउन दबाबमा रहेको अवस्थामा ग्यालान्टको बर्खास्ती भएको बताउँदै छन् । ग्यालान्ट यस विधेयकको विपक्षमा रहनु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com