चीनबाट आयो सुरुङ खन्ने अत्याधुनिक यन्त्र


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक अत्याधुनिक ‘टनेल बोरिङ मसिन (टिबिएम)’ ल्याइएको भेरी-बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन्।

उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीकै लगानीमा सो यन्त्र झिकाइएको हो।

भारी र ठूलो आकारको उक्त यन्त्रलाई नेपाल-भारत सीमा नाकाबाट निर्माणस्थलसम्म ढुवानी गर्न मंगलवार राति साढे ९ बजेदेखि बुधवार बिहान ६ बजेसम्म करिब ३० किमी सडकखण्ड पूर्णरुपमा बन्द गरिने अधिकारीहरुले बताएका छन्।

ठूला आयोजनाहरुको सुरुङ निर्माणका लागि परम्परागत उपकरणको प्रयोग गर्दा धेरै जनशक्ति र समय लाग्ने भएकोले खर्च समेत बढ्ने हुनाले भेरी-बबई बहुउद्देश्यीय आयोजनाले पहिलो पटक त्यस्तो अत्याधुनिक सुरुङ खन्ने यन्त्र भित्र्याएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अत्यावश्यक

उक्त आयोजनाका अनुसार एकसाथ ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ।

निर्धारित समयमै उक्त लक्ष्य पूरा गर्नका लागि उक्त यन्त्र अत्यावश्यक भएकोले निर्माणस्थलको भूबनोट र चट्टानको प्रकारबारे अध्ययन गरेर डेढ अर्ब रुपैयाँको लागतमा टिबिएम निर्माण गरिएको आयोजनाका सिँचाइ विभाग अन्तर्गतका एकजना सिभिल इन्जिनियर प्रकाश पुडासैनीले बताए।

चीनको सांघाईबाट जलमार्ग हुँदै कोलकत्ता बन्दरगाहबाट उक्त यन्त्रलाई विभिन्न भागमा विभाजन गरी ५६ वटा कन्टेनरमा हालेर रुपेडिया नाकासम्म ल्याइएको बताइएको छ।

उक्त यन्त्रको आकार-प्रकारबारे आयोजनाका सिभिल इन्जिनियर पुडासैनीले भने, ”यन्त्रको चौडाई पनि हाम्रो सडकको एकतर्फी लेनभन्दा ठूलो भएकोले कोहलपुरदेखि माथि सुर्खेतको हात्तीखालसम्म मंगलवार राति ९:३० देखि बिहान ६ बजेसम्म ३० किलोमिटरजति बाटो बन्द गरेर ढुवानी गर्छौँ।”

उक्त यन्त्रलाई गन्तव्यसम्म पुर्‍याए लगत्तै अमेरिकी र चिनियाँ विज्ञले मसिन जडान गरी काम शुरु गर्ने बताइएको छ।

फिर्ता लगिने

भेरी-बबई बहुउद्देश्यीय आयोजना

बालुवा र माटोबाट बनेको नरम प्रकारको चट्टान काट्नका लागि विशेष प्रकारका कटान गर्ने साना उपकरणहरु भने निर्माणस्थलमा पुगिसकेको आयोजनाका अधिकारीले बताएका छन्।

सुरुङ खन्ने जिम्मा पाएको चाईना ओभरसिज ईन्जिनियरिङ्ग कर्पोरेसनले काम सकिए लगत्तै उक्त यन्त्रलाई फिर्ता लैजाने इन्जिनियरले पुडासैनीले बताए।

उनले भने, ”भन्सार छुटमा ल्याइएको यो यन्त्र यहाँ प्रयोग गरेर लैजाने गरी नै मिलाइएकोले १२ किलोमिटर सुरुङ खनिसकेपछि चिनियाँ कम्पनीले आफैँ लिएर जान्छ। सन् २०२० को अक्टोबर महिनासम्म सुरुङ खनेर सक्ने हाम्रो लक्ष्य छ।”

मेलम्ची खानेपानी आयोजनामा प्रयोग भइरहेका उपकरणले ७-८ वर्ष लगाएर खन्ने काम टिबिएमले करिब साढे दुई वर्षमै खनिसक्ने विज्ञहरुको दावी छ।

गत २०७१ सालमा शिलान्यास गरिएको भेरी-बबई आयोजनामा सुरुङ खन्नु पूर्वको तयारी पूरा भएको बताइएको छ।

उक्त यन्त्रको प्रयोग विकासोन्मुख नेपालका अन्य आयोजनाहरुका लागि पनि उपयुक्त भएको जानकारहरु बताउँछन्।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com