सागसब्जीका बेर्ना बेचेर ६ लाखसम्म आम्दानी


प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार

आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाउनुभएकी कैलालीको टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्नुहुन्छ ।

जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन उहाँ भन्नुहुन्छ । थोरै जमिनमा सागसब्जीका बेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ उहाले भन्नुभयो ।

उहाँले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएको छ । एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आउनुभएकी उहाँले बेर्ना बिक्री गरेर वार्षिक २ देखि ३ लाख आम्दानी हुने गरेको बताउनुभयो ।

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाउनुहुन्छ । वार्षिक ४ देखि ५ लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताउनुहुन्छ ।

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बेर्ना बिक्रीबाट वार्षिक ६ लाखसम्म कमाइ हुने गरेको बताउनुभयो ।

सृजना चौधरीको आठजनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ ।

हप्ताको दुई दिन सृजनाको परिवारको चारजना कृषि हाटबजारमा बेर्ना बिक्री गर्न पुग्नुहुन्छ । पाँच कठ्ठामा सागसब्जीबेर्ना उत्पादन गर्दै आउनुभएका उहाँका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com