झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज : गृह मन्त्रालय


प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार

कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ ।

यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवसँगको भेटमा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गर्नुभएको थियो ।

भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएको बाहेक भारतसित जोडिएका मुलुकका सबै नाकाबाट पर्यटक आवागमन सहज भएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन विभागका प्रवक्ता प्रेम दाहालले कोभिड–१९को कहरपछि भारतीय पक्षबाट अध्यागमन सेवा पुनः सुचारु हुँदा पर्यटकलाई सहज भएको जानकारी दिनुभयो ।

उहाँले नाका सहज भएयता काँकरभिट्टा नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएको र सो नाकाबाट एक सय १४ जना नेपाल भित्रिएको बताउनुभयो ।

यसै अवधिमा कैलालीको मोहनाबाट एकजना तेस्रो मुलुकका पर्यटक भित्रिएका छन् भने वीरगञ्ज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट नौ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै १२ जना भित्रिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com